सिक्लेसका युवा श्रमदान गर्न लाप्राकमा


लन्डन । एनआरएनए मोडल भिलेजका लागि सिक्लेस युथ भोलेन्टियर्स ग्रुप लाप्राक प्रस्थान गरेको छ । एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङसहितको टोली नमुना वस्ती निर्माणमा सघाउन सोमबार त्यसतर्फ प्रस्थान गरेको हो ।

उक्त टोलीलाई बेलायतका समाजसेवी मोहन गुरुङले शुभकामना दिंदै विदाइ गरेका थिए । पोखराबाट झण्डै ४८ किमी टाढा अन्नपूर्ण काखमा रहेको सिक्लेस गुरुङहरुको वस्ती हो जुन कास्कीमा अवस्थित छ ।

एनआरएनए यूकेले लाप्राक नमुना वस्तीका लागि झण्डै महिनादिन यता स्वयंसेवक पठाइरहेको छ । अध्यक्ष मुछेत्र गुरुङ आफैं कार्य क्षेत्रमा खटिएका छन् । केही साताअघि एनआरएनए यूके उपाध्यक्ष हिराधन राई लगायत टोली लाप्राकमा श्रमदान गर्न पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री