उत्तर कोरियाविरुद्ध चीनको पनि दबाब – ट्रम्प

ट्रम्प

वासिङटन (अमेरिका), १७ वैशाख । चीनका राष्ट्रपति सी जिन पिङले उत्तर कोरियाद्वारा देखाएको आणविक मोहका कारण आणविक कार्यक्रम रोक्न प्योङयाङमाथि दबाब दिइरहेको विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाउनुभएको छ ।

‘यदि उत्तर कोरियाले थप आणविक परीक्षण गरयो भने यसले हामीलाई खुशी पक्के पनि पार्ने छैन’ उत्तर कोरियाको आणविक हतियारप्रतिको मोहविरुद्ध आफ्नो दृष्टिकोण राख्दै ट्रम्पले सीबीएस टेलिभिजन नेटवर्कको ‘फेस द नेसन कार्यक्रम’ मा बताउनुभयो ।

‘त्यसैगरी मलाई के पनि विश्वास छ भने विश्वमा नै सम्मानित चिनियाँ राष्ट्रपति सी पनि उत्तर कोरियाका यस्ता कार्यक्रमबाट खुशी हुनुहुन्न ।’ ट्रम्पले शनिबार सीबीएसलाई दिनुभएको अन्तरवार्तामा बताउनुभएको छ ।

के उत्तर कोरियासँगको बेखुशी हुनुको कारण ‘सैनिक कारबाही’ चलाइने सम्भावना छ त भन्ने प्रश्नमा ‘अहिले यस विषयमा यसै भन्न सकिन्न । मतलब आगामी गतिविधि हेरेर निर्णय आउँछ’, ट्रम्पले भन्नुभयो ।

उत्तर कोरियाले अघिल्लो हप्ताको अन्त्य अर्थात् शनिबार गरेको क्षेप्यास्त्र परीक्षण अमेरिकाको प्योङयाङको हतियारविरोधी गतिविधिलाई निरुत्साहित गर्न अन्तर्राष्ट्रिय नाकाबन्दीको चर्चा भइरहेका समयमा भएको छ । यसबाट अमेरिकालगायत युरोपेली मुलुक थप चिढिएका छन् ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा ‘अकल्पनीय नतिजा’ आउनसक्ने बताएको केही घण्टाभित्र उत्तरले फेरी एकपटक उत्तेजनात्मक प्रतिक्रियास्वरुप असफल क्षेप्यास्त्र परीक्षण गरेको छ ।

ट्रम्पले यो उत्तर कोरियाको सहयोगी चीनमाथिको ‘असम्मान’ हो भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री