अमेरिकाआवद्ध हवाई आक्रमणमा कम्तीमा ३५२ सर्वसाधारणको मृत्यु

वासिङटन, १८ बैशाख । इराक र सिरियामा इस्लामिक स्टेट (आइएस) लडाकूविरुद्ध जारी अमेरिकाआवद्ध हवाई आक्रमणमा कम्तीमा ३५२ सर्वसाधारणको मृत्यु भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आइतबार सो जानकारी दिएको छ ।

सिरिया र इराकमा भएका ती हवाई आक्रमणहरु सन् २०१४ अगस्तबाट २०१७ मार्च महिनासम्मको रहेका छन् । सो समयमा आइएस लडाकूविरुद्ध जारी रहेका हवाई आक्रमणमा मारिएका सर्वसाधारणको तथ्याङ्क आइतबार सार्वजनिक गरिएको थियो ।

पेन्टागनकाअनुसार सन् २०१६ नाभेम्बरबाट २०१७ मार्चसम्म भएका आइएसविरुद्ध जारी रहेको हवाई आक्रमणमा कम्तीमा ४५ सर्वसाधारणको मृत्यु भएको थियो ।

लन्डनआवद्ध एम्नेस्टि इन्टरनेसनलका अनुसार संयुक्त गठबन्धन सेनाद्धारा सिरियामा मात्र भएका ११ वटा हवाई आक्रमणमा कम्तीमा ३ सय सर्वासाधारणको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री