भेनेजुएलाका राष्ट्रपतिद्वारा नयाँ संविधानका लागि आह्वान

कराकास, १९ बैशाख । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले नयाँ संविधान बनाउनका लागि संविधान सभा गठन गर्न आह्वान गर्नुभएको छ । लामो समयदेखि मुलुकमा जारी राजनीतिक सङ्कट समाधानका लागि संविधान सभा गठन गर्नु परेको राष्ट्रपति मादुरोले संकेत गर्नुभएको छ ।

दक्षिण अमेरिकी देश भेनेजुएलाको भविश्यका बारेमा निर्णय गर्न उहाँले फरक फरक राजनीतिक पार्टी र सामाजिक समूहहरुलाई आह्वान गर्नुभएको छ । ‘मुलुकको आवश्यकता, उपलव्धिहरुको रक्षा र शान्ति स्थापनाका लागि वर्तमान संविधान अनुसार म आह्वान गर्दछु’, मादुरोले भन्नुभएको छ ।

सत्तारुढ दल समाजवादी पार्टी र प्रतिपक्षी अधिकारवादी पार्टीकाबीचमा गत केही हप्तादेखि द्धन्द्ध भएपछि सुरु भएको सरकार विरोधी आन्दोलनका क्रममा अहिले सम्म भेनेजुएलामा २९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री