आइएसद्वारा सिरियाली शरणार्थी शिविरमा आक्रमण, ३२ को मृत्यु

बेरुत (लेवनान), १९ वैशाख । सिरियाको इराकी सिमाक्षेत्र नजीकै रहेको शरणार्थी शिविरमा इश्लामिक स्टेट (आइएस) समूहले मङ्गलबार गरेको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बताएको छ ।

शिविरको भित्र र बाहिर गरी कम्तिमा पाँच आक्रमणकारी प्रवेश गरी आत्मघाती विस्पोट गराएको र इराक साथै सिरियाको हसाकेह प्रान्तमा विस्तापित जीवन विताउदै आएका सिरियाली नागरिक समेतको घटनामा मृत्यु भएको, सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रमी अब्देल रहमानले बताउनुभयो ।

आक्रमणपछि घटनास्थलमा आइएस लडाकू र ‘सिरियन डेमोक्रेटिक फोर्स’ का सुरक्षाकर्मीवीच ठूलो झडप भएको थियो ।

उक्त सुरक्षा बल अमेरिकी समर्थन प्राप्त कूर्दिस र अरबेली लडाकूको संयुक्त गठबन्धन सैन्य शक्ति हो । मृतकमध्ये केही कूर्दिस र अरबेली लडाकूसमेत रहेका रहमानले एएफ्पीलाई बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री