मताधिकारबाट वञ्चित नगर्न एनआरएनएको आग्रह

एनआरएनए उपाध्यक्ष भवन भट्ट

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले प्रवासमा बस्ने लाखौं नेपाली मतदान गर्ने अधिकारवाट वञ्चित भएको भन्दै नेपाल सरकारलाई त्यसतर्फ पहल गर्न आग्रह गरेको छ । एनआरएनले विदेशमा रहेका नेपालीहरु लामो समयपछि नेपालमा हुन गइरहेको स्थानीय निर्वाचनमा मतदानको अधिकारवाट वञ्चित भएको बताउंदै नेपाल सरकारले यस विषयमा सम्वोधन गर्नुपर्ने एनआरएनए उपाध्यक्ष भवन भट्टले बताए ।

एनआरएनएले एक प्रेस विज्ञप्ति जारी गर्दै घर परिवार र देशका लागि विदेशमा रगत पसिना बगाएर नोट पठाउनेहरुलाई सरकारले भोटको व्यवस्था गर्ने तर्फ कत्ति पनि नसोचेकोमा दुःख व्यक्त गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी विदशेमा बस्ने लाखौं नेपालीले राजदूतावास वा अन्य प्रविधिमार्फत भोट दिने ब्यवस्थाका लागि राज्यले पहल गरोस् । लोकतन्त्रमा नागरिकको मतदान गर्न पाउने आधारभूत अधिकारको राज्यले सम्वोधन गर्नुपर्दछ ।’

यस विषयमा राज्यका अन्य निकाय समेतले केही नबोलिदिंदा विदेशीएका नेपालीको भावनामा समेत चोट पुगेको एनआरएनए उपाध्यक्ष भवन भट्टले बताए ।

‘विदेशमा बसेर दिनरात देशका बारेमा सोच्ने लाखौ युवा पिंढीहरू यो महत्वपूर्ण क्षणमा आफूलाई पनि समाहित गर्न चाहन्छन्’, भट्टले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री