लण्डन । सन् २००५ मा युके आएका डा. बच्चुकैलाश कैनी युकेको अर्को महिना हुने संसदीय निर्वाचनमा उम्मेदवार छानिएका छन् ।
जुन ८ मा हुने संसदीय चुनावमा डा. कैनीलाई डार्टफोर्ड निर्वाचन क्षेत्रबाट प्रमुख प्रतिपक्षी दल लेबोर पार्टीले उम्मेदवार बनाउने भएको हो ।
उनी डार्टफोर्ड काउन्सिलमा अहिले काउन्सिलर रहेका छन् । संसदीय निर्वाचनका लागि यही मे ११ का दिन मनोनयन दाखिल गर्ने कार्यक्रम छ । पार्टीले उम्मेदवार चयन गरेपछि डा. कैनीले भने, ‘सन् २००५ मा युके आएको यति छोटो अवधिमा प्रमुख दलबाट संसदीय निर्वाचनमा उम्मेदवार बन्न पाउनुले हामी नेपालीहरुले अरु धेरै क्षेत्रमा धेरै उपलब्धि गर्नसक्ने रहेछ भन्ने सिद्ध गरेको छ ।’
शुरुमा सो क्षेत्रबाट पार्टीले अर्की काउन्सिलर तथा काउन्सिलमा लेबोर पार्टीकी डेपुटी लिडर डेइजी पेजलाई छनौट गरे पनि पेजले आफ्नो नाम फिर्ता गरेपछि कैनीलाई पार्टीले उम्मेदवार चयन गरेको बताइएको छ । ‘न्याशनल काउन्सिलले फाेनमार्फत मेराे नाममा निर्णय गरेकाे जानकारी दिएकाे छ’ कैनीले भने ।
डार्टफोर्टमा पहिला लेबोरले जित्दै आएको भए पनि गत दुई संसदीय निर्वाचन कञ्जरभेटिभले जितेको छ ।
तनहुँको कमलाबारीमा जन्मनु भएका डा. कैनी अहिले क्विन एलिजाबेथ अस्पताल, लन्डनमा बरिष्ठ ब्यबस्थापकको रुपमा समेत कार्यरत हुनुहुन्छ । बेलायतमा नेपाली समुदायबीच चिरपरिचित र सक्रिय डा. कैनी समसामयिक विषयमा विभिन्न पत्रपत्रिकामा लेख रचनाका साथै कथा र कविता पनि लेख्नुहुन्छ । उहाँका पिता स्व. मेघनाथ कैनी तनहुँका नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो । उहाँ नेपालमा प्रजातन्त्र प्राप्तिको लडाईमा धेरै पटक र धेरै वर्ष जेलमा समेत पर्नु भएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा