बेलायतमा पहिलो गायन प्रतिष्पर्धा ‘एभरेष्ट आइडल’ अक्टाेबरमा हुने

लन्डन । बेलायतबासी आप्रवासी नेपालीहरुबीच एभरेष्ट आइडल टाइटलको गायन प्रतियोगिता आयोजना हुने भएको छ ।
बेलायतमा स्थापित एभरेष्ट इन्टरटेनमेन्ट एन्ड मेडिया हव लिमिटेड (इ मेडिया हब) ले एक प्रेस टेलिकन्फ्रेन्स आयोजना गरेर सो जानकारी गराएको छ ।

इमेडिया हब लिमिटेडका चिफ इक्च्युकेटिभ इश्वर चाम्लिङका अनुसार १३ मे अर्थात आगामी शनिबारदेखि सहभागिताका लागी फाराम दर्ता प्रक्रिया शुरु गरिने छ ।

किरात राई जातिको साकेला चाडको दिन सोही स्थलमा पहिलोपटक प्रत्यक्ष दर्ता गरिने छ । सहभागीहरुको सुविधाका निम्ति अनलाइन, इमेल, फेसबुक, टेलिफोन लगायतका माध्यमबाट पनि अप्रत्यक्ष दर्ता लिइने बताइएको छ ।

आगामी मे २८ तारिख आयोजना हुने गोर्खा कपमा पनि प्रत्यक्ष दर्ताको स्टल राखिने साथै कम्पनीले आयोजना गर्ने ‘एभरेष्ट म्यूजिकल ब्लास्ट’ कार्यक्रममा पनि दर्ताको टेबल रहने छ ।

विभिन्न छ कार्यक्रमहरु बीच छनौट हुँदै अक्टोबर २८ तारिख अल्डरसटको एम्पायर हलमा आयोजना हुने ‘ग्रान्ड फिनाले’ मा उत्कृष्ट ‘एभरेष्ट आइडल’ लाई १ हजार २ सय पाउन्ड (करिब १ लाख पचास हजार रुपैया), दोस्रो हुनेलाई ५ सय पाउण्ड र तेस्रो हुनेलाई २ सय पाउण्ड नगद तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ ।

चाम्लिङले नेपाल आइडलमा सहभागी हुन नसकेका तर विशेष प्रतिभावान प्रतिभाहरुलाई एभरेष्ट आइडलमा सोच्न सकिने बताए । एभरेष्ट आइडल निर्णायकहरुका लागि वरिष्ठ गायक/संगीतकारहरुको भिसाको प्रोसेस शुरु भइसकेको बताइएको छ ।

इ-मेडिया हव लिमिटेड यूकेले यही मे २० तारिखदेखि बेलायतको विभिन्न शहरमा गायिका मेलिना राई र रेवत राई तथा बेलायतका चर्चित रयापर गोम्जा लामा, यूके डान्स अफ विजेता चर्चित डान्सर जेनी सुनुवारसहित युथ विशेष कार्यक्रम ‘एभरेष्ट म्युजिकल ब्लास्ट’ गर्दैछ । ती कार्यक्रमहरूको होस्ट लेक्स लिम्बु र निया देवानले गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री