युकेमा छायाँकन गरिएकाे फिल्म ‘ब्ल्याक समर’ तयार

लन्डन । एलबीएस फिल्म प्रोडक्सन युके नेपालको ब्यानरमा निर्मित युकेमा छायांकन गरिएको चलचित्र ‘ब्ल्याक समर’ अब प्रदर्शनका लागि तयार भएको छ । आधुनिक प्रविधि प्रयोग गरेर बनाइएको सो चलचित्रको लेखन, पटकथा र निर्देशन एलबी सुब्बाको छ । यस चलचित्रमा रीमा बिश्वकर्मा, रितेश चाम्स र अमिसा राईको मुख्य भूमिका छ भने सपना श्रेष्ठ, ज्यासा‌ङ लिङदेन, दीपक गुरुङ (प्याटमेन) लगायत मनिष श्रेष्ठ, सनमकुमार बैराग र यूट्युबमा चर्चा कमाएका युवाहरुको ढुकढुकी हांस्य कलाकार अबिर लिम्बु (भ्याक्सो) को जोडदार अभिनय रहेको छ ।

राम कुमार केसी र प्रतिक दुदराजले छायांकन गरेको यस चलचित्रमा सम्राट बस्नेतले द्वन्द्व निर्देशन गरेका छन् । जानु काम्बाङ लिङदेन, नरेश भट्टराई र अनिला राईको फरकफरक स्वादमा गीतको शब्द रचना छ भने स्वर अमृता लिम्बु, श्रेया सोताङ साथै संगीत तारा प्रकाश लिम्बु, उदेश श्रेष्ठको छ । यस चलचित्रका निर्माताहरुमा तारा दुमी राई, प्रतिमा दुदराज, सरस्वती ज्ञावली, टिया गुरुङ, विजय लिङथेप आदि छन् ।

युवाहरुको जनजीवनमा आधारित यो चलचित्र त्रिकोणात्मक प्रेमकथा, सस्पेन्स र थ्रिलर रहेको निर्माताको भनाइ छ । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । एलबी सुब्बाद्वारा निर्देशित यो तेस्रो ठूलो पर्दाको चलचित्र हो । हङकङमा रहंदा कुलतमा फंसेका युवाहरुको कथामा आधारित चलचित्र ‘कहीं दिन कहीं रात’ र युकेमा ‘निर्दोष’ जस्ता चलचित्र उनले बनाएका छन् ।

चलचित्र ‘ब्ल्याक समर’ २४ जुनमा रेडिङ युनिभर्सिटीको हलमा रेड कार्पेट प्रिमियर सो हुँदैछ, त्यसपश्चात युकेका विभिन्न ठाउं र नेपालमा प्रदर्शन हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री