करिस्मासंग वाध्यतामा बिहे भयो- बिनोद


लन्डन । नेपाली चलचित्र क्षेत्रकी सर्वाधिक सुन्दरी नायिका करिष्मा मानन्धरको एउटा फेसबुक स्टाटस अहिले चर्चामा छ । स्थानीय निर्वाचनमा काठमाण्डौंबाट भोट हाल्न नपाएपछि त्यसको दोष श्रीमान बिनोद मानन्धरलाई दिंदै निक्कै आक्रोश व्यक्त गरेकी छन् करिष्माले ।

त्यसो त बेलायतबाट संचालित एउटा शोमा करिष्मा मानन्धर जतिसुकै सुन्दरी नायिका भए पनि आफ्ना लागि घरकी मुर्गी दाल बराबर भएको बिनोदले बताएका छन् । साथै दुई बीचको सम्बन्ध पहिलेको जस्तो नभएको र बोलचाल पनि कम हुने उनले बताएका छन् । विनोदले विगत सम्झंदै करिश्मासंग विवाह पनि उनकै करकापले गर्दा वाध्यतामा परिवारको अनुमति बिना गर्नुपरेको खुलासा गरेका छन् । एक अर्का बीचको आरोप प्रत्यारोपबाट अनुमान गर्न सकिन्छ कि यी दुईबीचको सम्बन्ध धेरै वर्ष देखि चिसिएको छ ।

हेर्नुहोस् कुशल श्रेष्ठसंगको पुरा अन्तरवार्ता

प्रतिक्रिया

सम्बन्धित सामाग्री