मोडल अनिताको नेपालमा झन् व्यस्तता


लन्डन । बेलायतवासी मोडल अनिता लिम्बु यतिखेर नेपालमा छिन् । नेपाल रहंदा उनको व्यस्तता झन् बढेको छ । होलिडेमा नेपाल रहंदा उनले विभिन्न फेसन शो र म्यूजिक भिडियो गरिन् । ‘इन्टरनेशनल फेसन वीक’ मा समेत सहभागी भइन् उनी । हालै सार्वजनिक गायिका प्रिति आले मगरको ‘मेरो मन त नेपाली…’ मा अनिताको आकर्षक अभिनय थियो ।

अनिता अहिले संगठन विस्तारका क्रममा छिन् । ग्लोबल गोर्खा नेपलिज काउन्सिलको यूके शाखा अन्तर्गत कला विभागकी उपाध्यक्ष अनिता उक्त संस्थालाई जापानमा विस्तार गर्न जुटेकी हुन् । उनले संगठन विस्तारका लागि जुनमा जापान जान लागेको बताइन् ।

उक्त संस्थाले कलाकारिता, साहित्य, खेलकुद, पत्रकारिता र संगीतको क्षेत्रमा काम गर्ने जनाउंदै अनिताले विश्वभर छरिएर रहेका नेपालीलाई एकतावद्ध गर्ने संस्थाको उद्देश्य रहेको प्रष्ट पारिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री