म्यानचेस्टर आत्मघाती हमलाको आइएसद्वारा जिम्मेवारी

घट्नास्थलमा प्रहरी उपस्थिति बाक्लो छ । तस्विरः एएफपी

लन्डन । बेलायतको म्यानचेस्टर सहरमा सोमबार राति एक साङ्गीतिक कार्यक्रमस्थलमा गराइएको आत्मघाती हमलाको इस्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको छ । सङ्गीतमय बनिरहेको साँझलाई कार्यक्रमको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल परिसरमा भयानक आवाजसहित उक्त बम बिस्फोट भएको थियो ।

घटनामा २२ जनाको ज्यान गएको थियो भने करिब ६० जना घाइते भएका थिए । घाइते सबैजनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री