गोर्खा कपको आकर्षण: टोट्टनहामको स्टल, हङकङ र बेल्जियमको टीम

लण्डन । यस वर्षको गोर्खा कपमा फरक स्वाद दिने कोसिस आयोजकले गरेका छन् । यही आइतबार (२८ मे) अल्डरसटको क्वीन्स आभेन्यूमा हुने गोर्खा कपमा इंग्ल्यान्डका पूर्व राष्ट्रिय खेलाडी लेडली किङ र नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक राजु शाक्य सहभागी हुने आयोजक तमूधिं युकेले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

यसैगरी यसवर्षको गोर्खा कपमा इंग्ल्यान्डको प्रिमियर लिगको उपविजेता क्लव टोट्टनहामले स्टल तथा खेल अभ्यास गर्नेछन् । यस्तै, गोर्खा कपमा भाग लिन हङकङ र बेल्जियमबाट पनि आउँदैछन् ।

मूल विधामा ३२ र ४० वर्ष माथिको भेट्रान्समा ८ टोली भिड्दै छन् । भेट्रान्समा दुईपटक लगातार विजेता बनेको केन्ट एफसीले शिल्ड पचाउन नेपालबाट प्रशिक्षक राजु शाक्यलाई झिकाएको छ ।

मूल विधाको विजेता टोलीले २००० पाउन्ड, उपविजेताले १००० पाउन्ड, भेट्रान्सतर्फ विजेताले १००० पाउन्ड र उपविजेताले ७००पाउन्ड पाउनेछन् ।

सो इभेन्टमा करिब १० हजारले सहभागिता जनाउने अपेक्षा आयोजकको छ ।

फुटबलबाहेक त्यहाँ ५२ अन्य स्टल पनि रहनेछन् ।

सो इभेन्ट सन्चालनका लागि ३८ देखि ४० हजार पाउन्ड खर्च लाग्ने कोषाध्यक्ष दीपक गुरूङले बताए ।

पत्रकार सम्मेलनमा गोर्खा कपका सिइओ क्याप्टेन पीताम्बर गुरूङले कपको तयारीबारे र कुमार गुरूङले टीम ड्रबारे जानकारी दिए । उपाध्यक्ष नन्दजंग गुरूङले स्वागत गरेको र अध्यक्ष ज्ञाम गुरूङले अध्यक्षता गरेको सो कार्यक्रममा मेजर लक्षिनप्रसाद गुरूङ र हरि गोविन्द गुरूङलाई सम्मान गरिएको थियो ।

कार्यक्रम महासचिव कृष्ण गुरूङले चलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री