गोरखा कपमा १० पाउण्डमा मिनीकुपर

लण्डन । यसवर्षको गोरखा कपमा भाग लिनेहरुले १० पाउण्डमा मिनी कुपरको कार जित्नसक्ने छन् ।
क्याबर्लीस्थित कार बिक्रेता कम्पनी युके कार जोनले १० पाउण्डको राफल ड्रमा मिनी कुपर राखेको हो । साथै सो राफल ड्रमा युके कार जाेनबाट कार खरिदमा १०० पाउण्ड तथा ब्ल्याकबाटर अटाेवर्कमा कार मर्मत र एमओटीमा १० पाउण्डको गिफ्ट भौचरसमेत राखिएको कार जोनका निर्देशक विप्लव गुरुङले बताए ।
सो राफल टिकट गोरखा कपमा रहेको कार जोनको स्टलबाट किन्न सकिने बताइएको छ भने त्यसअघि विभिन्न नेपाली पसलहरुबाट पनि खरिद गर्न सकिने गुरुङले जानकारी दिए ।
गोरखा कप युकेमा नेपालीहरु भेला हुने एउटा पर्व भएकाले त्यसलाई अझ उल्लासमय बनाउन सो अफर राखिएको उनले बताए । उनका अनुसार सो कार राम्रो अवस्थामा रहेको, भर्खरै एमओटी र सर्भिसिङ गरिएको अनि वारेन्टीसहित प्रदान गरिने छ ।
राफल ड्र गोरखा कपका दिन साँझ ६ बजे खोलिने छ ।
युवा व्यवसायी गुरुङले सन्चालन गर्दै आएको युके कारजोनले गत वर्ष पनि माज्दा कार राफल ड्रमा राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री