नेटो सम्मेलनमा सहभागी हुन ट्रम्प ब्रसेल्समा

ब्रसेल्स (बेल्जियम), ११ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेटोको नयाँ मुख्यालय ब्रसेल्समा बिहीबार आइपुग्नुभएको छ ।

कुनै समय नेटो गठबन्धन नै बेकार भन्ने धारणा राख्नुहुने अमेरिकी राष्ट्रपति ट्रम्प नेटो सम्मेलनमा पहिलो पटक सहभागी हुँदै हुनुहुन्छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले नेटोका गतिविधि, नेटोको आर्थिक भार बहनका विषयमा उक्त सङ्गठनका २७ सदस्य राष्ट्रका नेतासँग छलफल गर्ने कार्यक्रम छ ।

ट्रम्पले ब्रसेल्समा बिहीबार युरोपेली नेताहरुसँग सामूहिक खाना लिनुपूर्व अमेरिकामा सेप्टेम्बर ११ सन् २००१ मा अलकायदा आतङ्कवादी समूहको नेतृत्वमा भएको आक्रमणपछि पहिलोपटक कार्यान्वयनमा ल्याइएको सामूहिक प्रतिरक्षा प्रत्याभूति सम्बन्धी नेटो कानुनको धारा ५ को स्मरणमा निर्माण गरिएको स्मारकको अनावरण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री