श्रीलङ्कामा बाढी पहिरोमा ९१ को मृत्यु

तस्विरः एएफपी

कोलम्बो (श्रीलङ्का), १२ जेठ । श्रीलङ्कामा आएको भिषण मनसुनी वर्षातपछि आएको बाढी र पहिरोमा परी शुक्रबार कम्तीमा एकानब्बे जनाको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् ।

श्रीलङ्काको प्रशासनले दिएको सूचनाअनुसार बाढी र पहिरोमा अन्य ११० जना बेपत्ता भएका छन् ।

सरकारले हेलिकोप्टर, प्रहरी, सेना तथा स्थानीय सङ्घसंस्थाको सहयोगमा घटनामा बेपत्ता भएका नागरिकको उद्धार जारी राखेको छ ।

‘हामीले बाढी र पहिरोमा थुप्रै मानिसको मृत्यु भएको र हजारौँ विस्थापित भएको सूचना प्राप्त भएपछि त्यसतर्फ उद्धार टोली पठाएका छौँ । तर, क्षति त्यस पहिले नै भएकाले उद्धारलाई शसक्त पारिएको छ’, राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रका उच्च अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री