इजिप्टमा क्रिस्चियन धर्मावलम्बीमाथि आक्रमण हुंदा २६ को मृत्यु

कायरो (इजिप्ट), १२ जेठ । इजिप्टको दक्षिणी मिन्था प्रान्तमा शुक्रबार एक अज्ञात बन्दुकधारीको समूहले बस चढेर चर्चमा गइरहेका क्रिस्चियन धर्मावलम्बीलाई आक्रमण गर्दा कम्तीमा २६ जनाको मत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घटनामा सोही बसका २३ जना घाइते भएका छन् ।

दुई वटा कारमा करिब १० जनाको समूह आएर कायरोदेखि दक्षिणमा अवस्थित स्यामुएल मोनास्ट्री (मठ) तर्फ हिँडेका दुई बसलाई रोकी बसमा रहेका तीर्थयात्रीमाथि अन्धाधुन्ध गोली चलाउँदा २६ जनाको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएको स्थानीय सुरक्षाकर्मीलाई उद्धृत गर्दै सिन्ह्वा संवाददाताले जनाएका छन् ।

स्रोतले बसमा सबै जना धार्मिक समारोहमा सहभागी हुन हिँडेका क्रिस्चियन धर्मावलम्बीहरु रहेका पुष्टि गरेको छ । घटनाप्रति कुनै पनि समूहले अहिलेसम्म जिम्मेवारी लिएको छैन ।

इजिप्टको करिब नौ करोड २० लाख जनसङ्ख्यामध्ये करिब १० प्रतिशत कोप्टिक क्रिस्चियनको बसोबास छ । गत डिसेम्बरदेखि उनीहरु इस्लामिक अतिवादी समूहको निसाना बन्दै आएका छन् ।

यसअघिका क्रिस्चियन धर्मावलम्बीमाथि भएका आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएका थिए । पछिल्लो पटक मे १९ मा आईएसद्वारा सार्वजनिक दृश्यचित्रमा सो समूहले गैरमुस्लिम समूहमाथि जहाँकहीँ आक्रमण गर्ने चेतावनी आएको थियो ।

आक्रमण इजिप्टको शान्ति र स्थायित्वमाथिको आक्रमणमाथिको आक्रमण भएको इजिप्टको शून्य समूह शेख अल अजारका महमद अल तैयवले बताउनुभयो । उहाँले इजिप्टवासीलाई यस्ता जघन्य आतङ्कवादी आक्रमणविरुद्ध उक भएर मुकाविला गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री