दन्त चिकित्सक रिजाल अब निर्देशक

लन्डन । गायक – गायिका शर्मिला बर्देवा र सपनकुमार राईले गाएको गीत ‘मेरो मनमा…’ को म्यूजिक भिडियो निर्माण भएको छ ।

बेलायतको ग्रामीण भेग (कन्ट्री साइड) वरपरका रमणीय स्थानमा छायांकन गरिएको उक्त भिडियो दन्त चिकित्सक तथा चलचित्र निर्माता डा. कपिल रिजालले निर्देशन गरेका हुन् । भिडियो पृथक बनेको र यसलाई छिट्टै सार्वजनिक गरिने रिजालले जनाए । रिजाल व्यवसायिक सफल चलचित्र ‘ड्रिम्स’ का सहनिर्माता समेत हुन् ।

भिडियो सम्पादन र छायांकन मिडियाकर्मी कुशल श्रेष्ठले गरेका छन् भने अभिनय अन्जु बस्नेत र टंक धमलाको छ ।

भिडियोको कोरियोग्राफी यूके डान्स अफ २०१६ की फस्ट रनरअप काजल भट्टचन गुरुङको छ भने मेकअप प्रेक्षा बस्नेत गुरुङले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री