बेलायतका पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर

बेलायतको नेपाली समुदायमा नौलो नाम होइन मीन दर्लामी । बेलायतका पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर (आइएफए) उनी व्यवसायमा जति सफल छन्, मनका त्यतिकै धनी छन् । 
हंसिलो, मिजासिलो, इमान्दारी र कर्तव्यनिष्ठ उनको सफलताका कडी बने ।
पारिवारिक पृष्ठभूमि
गुल्मी भार्सेमा जन्मिए मीन । ५ सन्तानमध्ये कान्छा । लाहुरे पृष्ठभूमिका मीनको बाबा र दाई आर्मीमा थिए । परिवारकै साथ र प्रेरणाले आफू अहिलेको स्थानसम्म आइपुगेको उनी बताउंछन् । मीन हाल श्रीमति रस्मिता दर्लामीका साथ लन्डन बस्छन् ।
शैक्षिक योग्यता
अध्ययनमा सानैदेखि तेज थिए उनी । भार्से उच्च माध्यमिक विद्यालयबाट स्कुल सकेपछि काठमाण्डौं आए थप उच्च शिक्षा 
ग्रहण गर्न । सन् १९९७ मा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर (एमए) गरेपछि दर्लामी सन् १९९९ मा स्वीट्जरल्याण्ड गए ट्राभल एण्ड हस्पिटालिटीमा पोस्ट ग्रयाजुएसन गर्न । साइप्रसबाट सन् २००१ मा एमबीए उत्तिर्ण गरेपछि नेपालको पर्यटन बजार सम्वन्धमा विद्यावारिधि (पिएचडी) गर्न यूके आए मीन ।
उनले यूके आएर प्रोफेशनल प्रोजेक्ट एण्ड प्रोग्राम म्यानेजमेन्ट कोर्स गरे । मीनले सर्टिफिकेसन फर मोर्गेजेज, सर्टिफिकेसन फर फाइनान्सियल एडभाइस, पेन्सन ट्रान्सफर स्पेशलिष्ट कोर्ष गरे ।
व्यवसायिक दक्षता
आफ्नो करिअरको शुरुवाततिर मीन दर्लामी पर्यटन व्यवसायमा बढि समर्पित भए । नेपाल छंदा फुलबारी रिसोर्ट एण्ड स्पामा बिजनेश डेभलप्मेन्ट म्यानेजर भएर काम गरेका उनले बेलायतमा अध्यापनको अनुभव समेत लिए । यूकेमा प्रारम्भिक शिक्षण योग्यता हासिल गरेपछि उनले ब्रिटानिया कलेजमा अध्यापन र प्रशिक्षणमा केही वर्ष काम गरे । पछि दर्लामीले साझेदारीमा आफैं कलेज सञ्चालन गरे लन्डन थेम्स कलेज ।
प्रोफेशनल प्रोजेक्ट एण्ड प्रोग्राम म्यानेजमेन्ट कोर्स उत्तिर्ण गरेपछि उनी बिजनेशको कार्यक्रम तथा प्रोजेक्ट व्यवस्थापनतिर संलग्न रहे ।
पछि कलेज बिक्री गरेपछि दर्लामीले फाइनान्सियल सर्भिसको व्यवसाय शुरु गरे एक्सेस फाइनान्सियल सर्भिसेसमार्फत । हाल सोही कम्पनी ए स्टार फाइनान्सियल सोलुसन्स यूके नाममा सञ्चालित छ । उक्त कम्पनीले पेन्सन, लगानी, मोर्गेज (रेसिडेन्सियल र कमर्शियल दुबै), इन्सुरेन्स, बिजनेश प्रोटेक्सन, वील एण्ड स्टेट प्लानिङ, इन्कम प्रोटेक्सन एण्ड फेमिली इन्कम बेनिफिट्स आदि क्षेत्रमा काम गर्छ ।
कम्पनीको वेम्ली लन्डनमा केन्द्रिय कार्यालय छ भने आसफोर्ड केन्टमा शाखा कार्यालय र फार्नबोरो ह्यामसायरमा सम्पर्क कार्यालय छ जसमा ५ जनाको अनुभवी टिम कार्यरत छ । कम्पनीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै प्रारम्भमा निशुल्क मोर्गेज सल्लाह पनि दिइरहेको छ । स्टेट एजेन्टसंग समन्वयसहित घरको प्रारम्भिक मुल्यांकन, योजना निर्माण, सोलिसिटरसंग भेटघाटको समय निर्धारण, बैंक र तेश्रो पार्टीसंग डिल गरि ग्राहकले घरको चाबी नलिएसम्म सेवा प्रदान 
गरेर कम्पनीले प्रतिष्ठा आर्जन गरिरहेको छ ।
कम्पनीले सामाजिक उत्तरदायित्वमा पनि आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ । कम्पनीले केही वर्षयता सामाजिक सचेतना सम्वन्धि कार्यक्रम र माथि उल्लेखित सेवाबारे विभिन्न सेमिनार एवं प्रिजेन्टेसन दिन सफल भयो । कम्पनीले आफ्नो आम्दानीको निश्चित हिस्सा सामाजिक काम गर्ने संस्थाहरुलाई चन्दा स्वरुप दिंदै आएको छ । फाइनान्सियल प्रोडक्ट्सका बारेमा बेलायतस्थित नेपाली समुदायलाई शिक्षित तुल्याउन र सहयोग गर्न पनि कम्पनीले योगदान दिइरहेको छ ।
दर्लामीले कलेज व्यवसायलाई निरन्तरता दिंदै डेन्टल नर्सिङ ट्रेनिंग सेन्टर (ए टु जेड ट्रेनिङ सेन्टर) पनि सञ्चालन गरिरहेका छन् । उक्त सेन्टरले विद्यार्थीको व्यवसायिक योग्यता तथा सीप अभिवृद्धिमा जोड दिइरहेको छ ।
सामाजिक संलग्नता
समाजसेवी दर्लामीको बेलायतस्थित विभिन्न नेपाली सामाजिक संघसंस्थामा समेत सक्रिय संलग्नता छ । उनी गुल्मी जिल्ला समाज यूके, मगर एसोसिएसन यूके, यती एसोसिएसन यूके, गोर्खा वेलफेयर सोसाइटी यूकेका सल्लाहकार र साझा इन्भेस्टमेन्ट लिमिटेडका प्राविधिक सल्लाहकार छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री