लन्डन आगलागीमा हराएका व्यक्तिहरु जिवित भेटिने सम्भावना क्षीण

लन्डन, ४ असार । बेलायतको लन्डनमा अवस्थित आवासीय भवन ‘ग्रेनफेल टावर’ मा गत मंगलबार रातिको समयमा भएको आगलागीमा परी हराएका व्यक्तिहरु मारिएको आशङ्का गरिएको छ । ती व्यक्तिहरु मारिएका भए सो सङ्ख्या ५८ पुग्ने प्रहरी कमाण्डरले शनिबार बताउनु भएको छ ।

प्रहरी कमाण्डरका अनुसार यसअघि नै यस घटनामा मारिएका व्यक्तिको सङ्ख्या ३० पुष्टी भइसकेको थियो । मृतकको सङ्ख्या ५८ पुगेपछि पनि यो परिवर्तन हुन सक्ने अनुमान गरिएको पनि प्रहरी कमाण्डरले बताउनु भएको छ ।

बीबीसीले मृत्यु हुनेहरुको सङ्ख्या ७० जनाको हाराहारीमा हुन सक्ने एउटा रिपोर्टमा जनाएको छ ।

ग्रेटफेल टावर लन्डनको पश्चिमी क्षेत्रमा पर्दछ । यो सन् १९७० को दशकमा बनेको हो । पटक पटक गरेर त्यसमा अहिले १२० ओटा फ्ल्याट छन् ।

बेलायती प्रधानमन्त्री टेरेसा मेले घटनामा पीडित परिवारजनलाई सहयोग गर्न सरकार तयार रहेको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री