कोसेली अध्यक्ष सिंहको पहिलो गीत सार्वजनिक

लन्डन । कोसेली नेपाली सांस्कृतिक परिवार यूके अध्यक्ष शर्मिला सिंहको पहिलो गीत म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ । नेपालका लोकप्रिय गायक आनन्द कार्कीका साथ सिंहले गाएको डयांग डुंग… बोलको आधुनिक पप गीत र म्यूजिक भिडियो म्यूजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत यसै साता सार्वजनिक गरिएको हो ।

सन् १९९४ देखि कोसेलीमा आवद्ध शर्मिला सिंह उक्त संस्थामा कोषाध्यक्ष, महासचिव हुंदै हाल अध्यक्ष छिन् । झण्डै २४ वर्षदेखि बेलायतमा रहेकी सिंहले यूकेमा भइरहने सामुदायिक कार्यक्रममा गाउंदै आएकी छन् । नेपाली कला संस्कृति जगेर्नामा विगत तीन दशक देखि क्रियाशिल कोसेलीका हरेक कार्यक्रममा सिंहको गायन रहंदै आएको छ । नेपाली गीत संगीत प्रतिको लगावले पहिलो प्रयास स्वरुप गीत सार्वजनिक गरेको उनले बताइन् ।

राजेन्द्र थापाले रचना गरेको गीतमा शिखर सन्तोषले संगीत दिएका छन् । म्यूजिक भिडियो निर्देशन र कोरियोग्राफी राजु शाहको छ भने त्यसमा रुबी थापा र निश्चल दाहालले अभिनय गरेका छन् । म्यूजिक भिडियो छायांकन बेलायतमै गरिएको हो । सनम बैराग, सुरेश श्रेष्ठ र हर्कमान वाइवाले छायांकन गरेका हुन् ।

हेर्नुहोस् म्यूजिक भिडियो

प्रतिक्रिया

सम्बन्धित सामाग्री