प्रबासी नेपाली मंच बेलायतको रेडिङमा प्रतिमा केसी

लन्डन । प्रवासी नेपाली मञ्च बेलायत रेडिङ इलाका कमिटीको चौंथो अधिवेशन तथा वार्षिक पारिवारिक भेटघाट रेडिङको थेम्स भ्याली पार्कमा सम्पन्न भयो ।
उक्त अधिवेशनले प्रतिमा केसीको अध्यक्षतामा २२ सदस्यीय इलाका कमिटी चयन गरेको छ । कमिटीमा उपाध्यक्ष नारायण कंडेल र सचिवमा कृष्ण आचार्य चयन भएका छन् भने सल्लाहकारहरुमा प्रा. नारायण गुरुङ तथा डा. त्रिलोचन उप्रेती रहेको निर्वाचन कमिटीका सदस्य डा. कृष्ण रेग्मीले बताए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडाले रेडिङ इलाका कमिटीको अधिवेशन सफलताको कामना गर्दै निवर्तमान कमिटीको प्रशंसा गरे । उनले आफ्नो शुभकामना मन्तव्यमा रेडिङ बौद्धिक नेपालीहरुको जमात रहेको उर्बर ठाउं भएकाले आगामी दिनमा यस कमिटीमा यस क्षेत्रका अधिकांश नेपालीहरु समेटिएको देख्न पाउने आशा व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च बेलायतका प्रचार विभाग प्रमुख कुमार केसी, सल्लाहकारद्वय कृष्ण भट्टराई र राजेन्द्र पुडासैनी, मञ्चका पूर्ब सचिब नारद भण्डारी, सदस्यद्वय डिल्ली घिमिरे र प्रतिमा केसी अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा प्रबासी नेपाली मञ्चका शुभेच्छुक तथा सदस्यहरु गरी करिब १५० जनाको सहभागिता थियो ।

कार्यक्रममा रेडिङ क्षेत्रका रहेका विभिन्न क्षेत्र तथा समुदायका सदस्यले प्रबासी नेपाली मञ्चको नयां सदस्यता लिएका थिए । नयां सदस्यता लिनेहरुमा डा. दामोदर पन्त, सानु पन्त, सिता लामिछाने, शारदा रेग्मी, टेक बहादुर गुरुङ, करम गुरुङ र सरस्वती खनाल रहेको मञ्चका प्रचार बिभाग प्रमुख कुमार केसीले बताए ।

पहिलो चरणको कार्यक्रम सञ्चालन रेडिङ इलाका कमिटीका उपाध्यक्ष भीमसेन खड्काले र अध्यक्षता कमिटीका अध्यक्ष सुबास दाहालले गरेका थिए भने दोस्रो सत्रको कार्यक्रम प्रबासी नेपाली मञ्चका अध्यक्ष राम शरण सिम्खडा, डा. बिष्णु घिमिरे र डा. कृष्ण रेग्मी रहेको तीन सदस्यीय निर्बाचन मण्डलले सन्चालन गरेको थियो । पारिवारिक भेटघाट तथा बार्बीक्यू सहित गरिएको कार्यक्रमको अन्तमा विभिन्न गीत, गजल तथा मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

अधिबेसन शुरु हुनु अघि पूर्बी रेडिङ निर्बाचन क्षेत्रबाट लेबर पार्टीबाट बेलायतको हाउस अफ कमन्सका सांसद म्याट रोडासंग नेपाली समुदायका समसामयिक बिषयमा एक अनौपचारिक अन्तरक्रिया तथा परिचय कार्यक्रम समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री