मेक ओभर प्लस २०१७ मा मोडलहरुको क्याटवाक

लन्डन । क्रिस्टल हेयर एण्ड ब्यूटी स्टुडियो लन्डनले काठमाण्डौंस्थित सांग्रीला होटलमा गत साता दोश्रो मेक ओभर प्लस २०१७ गरेको छ । उक्त मेक ओभर प्लस २०१७ का लागि मेकअप आर्टिष्ट बिना राई लन्डनबाट काठमाण्डौं गएकी हुन् ।

स्टेजमा लाइभ ‘ग्ल्यामरस लुक’ मेकअप डेमोन्सट्रेसनसहित गरिएको उक्त शो नेपालमा नौलो मानिन्छ ।

आरजे चिराग बाङदेलले सञ्चालन गरेको उक्त शोमा १० जना मोडलहरु सहभागी थिए । ति मोडलहरुले गाउन र क्याजवेल समर वेयरमा क्याटवाक गरे । मोडलहरुलाई बिना राईले सम्पूर्ण मेक अप गराएकी थिइन् ।

प्रशान्त ताम्राकार, कमल श्रेष्ठ लगायत अतिथी सहभागी उक्त शोमा सिमा राई एण्ड ब्याण्ड र सन्तोष महाताराले लाइभ म्यूजिक प्रस्तुत गरेका थिए ।

यसअघि बिना राईले गत जनवरीमा सांग्रीला होटलमै यस्तो शो गरेकी थिइन् । राईले अबको प्रोजेक्ट पोखरा र बुटबलमा 
गर्ने बताइन् । हालसम्म यूके ब्राण्ड सामाग्री प्रयोग गरेको जनाउंदै राईले भविष्यमा नेपालकै बजारमा उपलब्ध स्तरिय सामाग्री 
प्रयोग गर्ने सोच रहेको उल्लेख गरिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री