अष्ट्रेलियामा नजर डुलाउंदै टिएम केसी


अष्ट्रेलिया । पछिल्लो समय प्रवासमा रहेर पनि नेपाली गीत संगीत एवं भिडियो निर्माण गर्नेहरुको बाहुल्यता बढेको छ । त्यसैलाई 
निरन्तरता दिंदै अस्ट्रेलिया निवासी टिएम (शोभा) केसीले ‘साइमन’ एल्बममा समावेश ‘एक नजरको माया’… गीतमा म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

युवायुवतीहरुलाई लक्षित गरेर ब्रिसवेनका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त भिडियो रिक सुवेदी र पुकार सिंहले निर्देशन गरेका हुन् । भिडियोमा टिएम केसी लगायत मनिष बिजुक्क्षे, अनु श्रेष्ठ र आष्मा श्रेष्ठको अभिनय छ ।

सानै उमेरदेखि गीत संगीतमा रुची राख्ने टिएम कक्षा ६ मा पढ्दा नै ‘अनन्त यात्रा’ एल्बममा ‘हामी साना भए पनि देशको माया लाग्छ’ बोलको बाल गीत गाएर सबैको मन जित्न सफल भएकी थिइन् । केसीले रेडियो नेपाल, राष्ट्रिय नाचघरमा समेत आफ्नो प्रस्तुति दिएकी थिइन् ।

प्राइभेट केयररको रुपमा कार्यरत टिएमले अस्ट्रेलियामा निर्माण गरेको यो दशौं भिडियो हो भने तेस्रो भिडियो ‘जित्दा जित्दै’ छिट्टै रिलिज गर्ने तयारी छ ।

म्यूजिक भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया

सम्बन्धित सामाग्री