मिस यूके नेपालको पहिलो अडिसनमा ६ सुन्दरी (फोटो फिचर)

 

लन्डन । छैठौं मिस यूके नेपाल प्रतियोगिता २०१७ को पहिलो अडिसनमा शनिबार ६ सुन्दरी सहभागी भए । फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा अडिसन भएको हो ।

उक्त प्रतियोगिताको पहिलो अडिसनमा बर्मिङहमकी २२ वर्षीया सोफिया केसी, एन्डोभर निवासी १९ वर्षीया लिसा सुनार, प्लमस्टिड लन्डनकी २३ वर्षीया प्रकृति श्रेष्ठ, १७ वर्षीया करुणा भुषाल, उलवीचकी १८ वर्षीया सृष्टि केसी र नर्थहोल्ट लन्डनकी २३ वर्षीया सृजना गुरुङ सहभागी भएका आयोजक इभेन्ट्स एण्ड आइडियाज प्रोडक्सनकी निर्देशक शान्ति गुरुङले जनाइन् ।
पहिलो अडिसनको निर्णायकहरुमा लोकप्रिय गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष, मिस यूके नेपाल २०१६ टेनिसा राना र रनरअप विभिया श्रेष्ठ थिए ।

उक्त कार्यक्रममा गायक कार्की र संगीतकार सन्तोषलाई मिस यूके नेपाल २०१७ की प्रमुख सल्लाहकार समाजसेवी 
नन्दकुमारी गुरुङ र निर्देशक शान्ति गुरुङले पुष्प गुच्छाले स्वागत गरेका थिए । कार्यक्रम सपना श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।

शान्तिका अनुसार फाइनल अडिसन २२ जुलाइका दिन रेडिङस्थित बेइजिङ नुडल्स् हाउसमा मध्यान्ह १२ देखि २ बजेसम्म हुनेछ ।

मिस यूके नेपाल २०१७ को फाइनल आगामी सेप्टेम्बर १० मा एम्पायर हलमा हुने तय भएको छ । प्रतियोगिताको ग्रयाण्ड फिनालेमा मिस नेपाल २००२ माल्भिका सुब्बा कोरियोग्राफरका रुपमा सहभागी हुने आयोजकले जनाएका छन् ।

तस्विरहरुः इबी क्लिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री