बेलायतका श्रष्टा नेपाली साहित्यलाई अंग्रेजी पाठकमाझ पुरयाउन प्रयासरत

लन्डन । बेलायतमा रहेका ठूला प्रकाशन गृहसंग सम्पर्क गरि नेपाली साहित्यलाई अंग्रेजी पाठकमाझ पुरयाउन पहल गरिने भएको छ ।

बेलायतमा रहेका अधिकांश नेपाली साहित्यिक संस्थाका प्रतिनिधि सम्मिलित साझा बेलायत साहित्यिक मञ्चले अनुवाद साहित्यलाई बेलायती बजारमा ल्याउन पहल गर्न साहित्यकार गोपी सापकोटाको अगुवाइमा कार्यदल गठन 
गरेको छ ।

नेपालको साझा प्रकाशन बचाउने अभिप्रायले बेलायतमा स्थापना भएको साझा बेलायत साहित्यिक मञ्चले आगामी अप्रिल २१ 
तारिख साझा पुस्तकहरुको वृहत प्रदर्शनी सहित साहित्यिक सन्ध्या साथै च्यारिटी कार्यक्रम गर्ने भएको छ । लन्डनमा आइतबार मञ्चका संयोजक विकलचन्द्र आचार्यको अध्यक्षतामा भएको बैठकले उक्त निर्णय गरेको हो । मञ्चले साझा प्रकाशनबाट प्रकाशित एक लाख रुपैयां बराबरका कृतिहरु किनेर साझालाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

मञ्चका सदस्यहरु जयालक्ष्मी राई, कृष्ण बजगाईं र बासु शर्माले साझा प्रकाशनका लागि आफ्ना तर्फबाट सक्दो सहयोग हुने बताए ।

पछिल्लो समय बेलायतको नेपाली डायस्पोरा नेपाली साहित्यका लागि उर्वरभूमि बन्दै गएको छ । गत मार्चमा मात्र यहां बेलायतका १६४ जना श्रष्टाद्वारा रचित कविता संग्रह प्रकाशित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री