कवि पोख्रेललाई अनेसास सुप्रमा पुरस्कार

Durga Pokhrel

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले कवि दुर्गाप्रसाद पोख्रेललाई ‘अनेसास सुप्रमा पुरस्कार (२०१६)’ द्वारा पुरस्कृत गर्ने घोषणा गरेको छ । सन् २०१६ को लागि ‘अक्षरका पाइलाहरु’ कविता संग्रह उत्कृष्ट कृति ठहर गर्दै पोख्रेललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । पोख्रेलका ‘अमृतका थोपा’ र ‘अक्षरका पाइलाहरू’ गरी दुई कृति प्रकाशित छन् ।

हरेक वर्ष बेलायतमा रहेर सृजना गरिएका कृतिहरूमध्ये एक उत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने गरी स्थापित उक्त ‘अनेसास सुप्रमा पुरस्कार’ यस अघि २०१३ मा कवि मुकेश राईलाई, २०१४ मा कवि केदार सुनुवार संकेतलाई तथा २०१५ मा कथाकार कृष्ण बजगाईंलाई प्रदान गरिएको थियो ।

बेलायती नेपाली डायस्पोराका आदिकवि ईश्वर मानन्धरबाट सन् २०१२ मा उनका बुवा स्व. सुन्दर प्रसाद मानन्धरको स्मृतिमा स्थापित सो पुरस्कारलाई कवि मानन्धरको स्वर्गारोहणपछि उनकी धर्मपत्नी जानकी मानन्धर तथा परिवारबाट निरन्तरता दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री