लन्डन बस्ने युवाले माइती नेपाललाई गरे सहयोग

लन्डन । लन्डनवासी एक युवाले प्लेसमेन्टमा नेपाल गएका बेला माइती नेपाललाई आर्थिक सहयोग गरेका छन् । १६ वर्षीय प्रकान्त खनालले बिहीबार एक कार्यक्रमबीच आफूले संकलन गरेको ८० हजार रुपैयां माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई कार्यालयमै गएर हस्तान्तरण गरेका हुन् ।

च्यारिटीबाट संकलित रकम हस्तान्तरण कार्यक्रममा नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि व्यवसायी पशुपति भण्डारी, प्रकान्तका हजरबुबा इश्वरी खनाल, हजुरआमा शान्ता खनाल र माइती नेपाल पदाधिकारी सहभागी थिए ।

प्रकान्तले दि हयाबर डेसर्स आक्स बोइज स्कुल (हयाब्स) बाट जिसिएसइ सकेर तीन सातायता खेतान समूहको लक्ष्मी बैंकमा प्लेसमेन्ट गरिरहेका छन् ।

लन्डनका सफल व्यवसायी वी पी खनालका सुपुत्र हुन् प्रकान्त । लन्डनमै जन्मेर पनि नेपाललाई औधि माया गर्ने, नेपाली भाषा बोल्ने, नेपाल आवतजावत गर्ने र आपतविपतमा सहयोग गर्ने छोराको बानी देखेर दंग छन् वी पी । ‘पैसा कति भन्ने सवाल होइन, उसको सामाजिक कार्यले अरु युवालाई पनि प्रेरित गर्न सक्छ’, खनाल भन्छन्, ‘हामीले आफ्ना सन्तानलाई नेपालप्रतिको लगावमा घचघच्याइरहन जरुरी छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री