यूके डान्स अफ अडिसनबाट छानिए यी डान्सर (फोटो फिचर)

लन्डन । बेलायतस्थित नेपाली तन्नेरीबीच गर्न लागिएको नृत्य प्रतियोगिता ‘यूके डान्स अफ २०१७’ को अडिसन बिहीबार सांझ अल्डरसटस्थित प्यालेस हलमा सम्पन्न भएको छ । अडिसनबाट २५ जना निवेदकमध्येबाट १३ जना छानिएको प्रतियोगिता आयोजक सपन इन्टरटेन्मेन्ट लिमिटेडले जनाएको छ ।

छानिएका प्रतियोगीले ३० जुलाइका दिन प्रिन्सेस हल, अल्डरसटमा हुने अन्तिम प्रतिष्पर्धामा दुई वटा ‘परफर्मेन्स’ देखाउनुपर्नेछ । प्रतिष्पर्धीले ५० प्रतिशत मत पब्लिकबाट र ५० प्रतिशत निर्णायकबाट पाउनेछन् । पब्लिक भोटिङ फाइनलकै दिन दर्शकहरु र युट्यूब भ्यूजबाट बिजेता मुल्यांकन गरिने कार्यक्रम संयोजक निशा गुरुङले जनाइन् । उनले छनोटमा परेका डान्सरहरुमा एउटा ग्रुपबाहेक सबै एकल छन् । यसपटक तीनजना पुरुष प्रतिष्पर्धी समेत छन् ।

सनमकुमार बैराग, चरण प्रधान, शशी गुरुङ र गत वर्षकी विजेता जेनी सुनुवार निर्णायकको भूमिकामा थिए ।

उक्त प्रतियोगिताको फाइनलमा मुख्य निर्णायक र कोरियोग्राफर रिनासा बान्तवा राई हुनेछिन् । पहिलो हुने बिजेताले १२ सय पाउण्ड, दोश्रो हुनेले ८ सय पाउण्ड र तेश्रो हुनेले ५०० पाउण्ड नगद पाउने आयोजक सपनकुमार राईले जनाए । राईले कार्यक्रममा उपस्थित भएर प्रतियोगीलाई हौसला प्रदान गरिदिन पनि आग्रह गरेका छन् ।

तस्विरहरुः मिलन तमु

निर्णायकहरु

आयोजक सपनकुमार राई

प्रतिक्रिया

सम्बन्धित सामाग्री