प्लमस्टिडको डांफे २५ तारिखबाट नयां व्यवस्थापनमा खुल्दै

लन्डन । साउथ इस्ट लन्डनको प्लमस्टिडस्थित नेपाली रेष्टुरेन्ट ‘डांफे’ यही २५ जुलाइबाट नयां व्यवस्थापनसहित पुनः सञ्चालनमा आउने भएको छ ।

हाल मर्मतका लागि बन्द उक्त रेष्टुरेन्ट नयां परिष्कृत मेनुसहित पारिवारिक वातावरणमा खुल्न लागेको सञ्चालकमध्ये एक किशोर गुरुङले जनाए ।

करिब एकसय सिट क्षमता भएको डांफे खानाबाहेक विविध सांस्कृतिक तथा सामाजिक कार्यक्रम, बैठक र अन्य जमघटका लागि समेत उपयुक्त हुने अर्का सञ्चालक इश्वर केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री