अल्डरसटमा आगामी साता सयपत्री सांस्कृतिक सांझ


लन्डन । सयपत्री नेपाली सांस्कृतिक समूह यूकेले आउंदो साता ‘सयपत्री सांस्कृतिक सांझ’ गर्ने तयारी गरेको छ । अल्डरसटस्थित एम्पायर हलमा २९ जुलाई शनिबार सांझ कार्यक्रम तय भएको हो ।

कार्यक्रममा विविध आकर्षण हुने आयोजकले जनाएका छन् ।

‘उही खोलीमा पानी, उही खोलीमा माछा, उर्ली आयो बैंस 
मेरो का जाम का जाम भाछ…’ दोहोरीका साथ राष्ट्रिय तथा लोक दोहोरी गायक राजन गुरुङ (घान्द्रुके ठिटो) कार्यक्रममा प्रमुख आकर्षण हुनेछन् । गुरुङका साथ सो सांस्कृतिक सांझमा मिसेस यूके नेपाल ०१७ आस्था जोशी, यूके डान्स अफ ०१६ वीनर जेनी सुनुवार, गायकहरु सोनाहाङ राई र गोम्जा लामा समेतको विशेष प्रस्तुति रहने अध्यक्ष एलबी गुरुङले बताएका छन् ।

यसका साथै स्थानीय कलाकार र सयपत्री म्यूजिक ब्याण्ड समेतको प्रस्तुतिले सांझ उल्लासमय हुने अपेक्षा छ । एम्पायर ब्याङकुट हलमा सांझ ६ बजे शुरु हुने सो कार्यक्रम राती १२ समापन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री