प्राध्यापक डा. आत्रेय लण्डनमा सम्मानित

लन्डन । प्राध्यापक डाक्टर विष्णुराज आत्रेयलाई लण्डनमा एक समारोहबीच सम्मान गरिएको छ । महेन्द्र संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मीकि विद्यापीठका पूर्व विद्यार्थीहरूले डा. आत्रेयलाई सम्मान गरेका हुन् ।
आइतबार लण्डन साउथहलमा आयोजित शोभा यात्राको पूर्व सन्ध्यामा बेलायतका लागि नेपाली राजदूत डा. दुवसु क्षेत्रीले दोसल्ला ओढाएर उनको सम्मान गरे । राममन्दिर साउथहलका ट्रष्टी महासचिव बालमुकुन्द जोशीले विशेष स्वागत गरेका थिए । कार्यक्रममा
कार्यक्रममा स्थानीय सांसद वीरेन्द्र शर्मा, विश्व हिन्दू महासंघ बेलायतका अध्यक्ष पं. चिरञ्जीवि ढकाल, वाल्मीकिका पूर्व विद्यार्थी पं. गोविन्द नेपाल, पं दुर्गाप्रसाद पोख्रेल, पं. शंकरमणि नेपाल, पं शेखर शाण्डिल्य, पं नारायण पौडेल, ज्योतिषाचार्य प्रीति आत्रेय, समाजसेवी होमनाथ पौडेलको उपस्थिति थियो ।
कार्यक्रम संयोजक पण्डित दुर्गाप्रसाद पोख्रेलले आफ्ना दुई प्रकाशित पुस्तक डा. आत्रेयलाई समर्पण गर्दै आफ्नो गुरुको बेलायतमा स्वागत र सम्मान गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । कार्यक्रमपछि प्रीति भोजका साथ डाक्टर आत्रेयले आफ्ना पूर्व विद्यार्थीहरूलाई आशीर्वचन दिएका थिए ।
साहित्यिक उपनाम ‘लाटो साथी’ ले परिचित आत्रेय पारिवारिक भेटघाटका क्रममा अहिले बेलायत भ्रमणमा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री