नखिपोट प्रथम खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लण्डन । नखिपोट ब्याडमिन्टन संघ यूकेको आयोजनामा प्रथम खुला ब्याडमिन्टन प्रतियोगिता युकेमा सम्पन्न भएको छ । आस स्पोर्टस सेन्टर सरेमा भएको सो प्रतियोगितामा मेन्स सिङ्गलमा १३, मेन्स डबल्समा २१, मिक्स डबल्समा १४, लेडिज डबल्समा ७ र भेट्रान डबल्समा १४ गरी ६९ टिमको सहभागिता थियो । प्रतियोगितामा मेन्स सिङगलमा अतीत गुरुङ विजेता र लोक थापा रनर अप भए । मेन्स डबल्समा नेत्र गुरुङ र लोक थापा विजेता तथा प्रकाश राई र विष्णु राई रनर अप भए । मिक्स्ड डबल्समा अतीत गुरुङ र कमला खापुङ विजेता लोक थापा र इन्द्र पुन रनर अप भए । लेडिज डबल्समा ललिता लिम्बु र दुर्गा लिम्बु रनर अप भए भने कमला खापुङ र बिमला लिम्बु विजेता बने । भेट्रान डबल्समा चतुरमान लिम्बु र विष्णु राई विजेता भए भने देब गुरुङ र जुनबहादुर गुरुङ रनर अप भए । महिला तर्फ कमला खापुङ बेष्ट प्लेयर भइन् भने मेन्सतर्फ अतीत गुरुङ वेष्ट प्लेयर भए ।

मुख्य अतिथि बलबिर पुन र विशेष अतिथि क्याप्टेन जगतराम राईले दीप प्रज्वलन गरि कार्यक्रम शुरु गरेका थिए भने उद्घोषक प्रेम गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी दिए । खेल संयोजक खेम लिम्बुले खेल चलाएका थिए ।

साँझमा भेटघाट रेष्टुरेण्डमा भएको कार्यक्रम महासचिव निर्मला थापाले सन्चालन गरेकी थिइन् । नखिपोट ब्याडमिण्टन एसोसिएसनका संस्थापक सल्लाहकार नारायण कोन्मेबाट स्वागत मनतब्य राख्दै सङ्घका अध्यक्ष मेख गुरुङ, महासचिव अजित राई, खेल संयोजक खेम लिम्बु, वरिष्ठ सल्लाहकार जगतराम राईले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । उपाध्यक्ष प्रेम गुरुङले आर्थिक सहयोग पुर्याएका व्यक्तिहरुका नाम बाचन गरी सुनाएका थिए ।

यसरी सहयोग गर्नेहरुमा आजीवन सदस्य बलबिर पुन £500, वरिष्ठ सल्लाहकार क्या जगतराम राई £100, संस्थापक सल्लाहकार नारायण कोन्मे £50, सल्लाहकार कृष्ण घोताने £100, सल्लाहकार लाल थापा £116, ननिन्टन नेपाली ब्याडमिन्टन क्लब £110, अध्यक्ष कृष्ण पुन £127, उपाध्यक्ष प्रेम गुरुङ £100, सदस्य दुत गुरुङ £50, सदस्य चन्द्र राना £50, सदस्य हिमाल चन्द £110, सदस्य निर्मल सिरिश £100, सदस्य राधा  पुन £50, सदस्य ईन्द्र पुन £50, सदस्य भिम कुमारी राना £50, सदस्य कृष्ण थेबे £25, भेटघाट रेष्टुरेण्ड सेर सुनार £50, चन्द्र छन्टेल £100, रोशन गुरुङ £100 रहेका छन् ।

सो अवसरमा नै मुख्य अतिथी बलबिर पुन ८४ वर्ष पुगेको पावन शुभ अवसरमा केक काटिएको थियो । सो अवसरमा सबै सहभागीहरुले ताली बजाएर उहाँलाई शुभकामना ब्यक्त गरेका थिए । विजयी खेलाडीहरुलाई मुख्य अतिथी, विशेष अतिथी, संस्थापक सल्लाहकार, सल्लाहकार, एनएन.बि.सि.का अध्यक्ष, यू.के.यन.बि.ए.का महासचिव, खेल संयोजक तथा संस्थाका अध्यक्षबाट पुरस्कार बितरण गरिएको थियो । यसरी नै अफिसियलहरुलाई ट्रफी प्रदान तथा आर्थिक सहयोग प्रदान गरेका व्यक्तित्वहरुलाई खादा लगाई सम्मान गरिएको थियो ।

नखिपोट ब्याडमिन्टन संघ यूकेले आयोजना गरेको प्रथम ब्याडमिन्टन कार्यक्रमलाई सबै संघ संस्था तथा मान्यजन वर्गहरुबाट पूर्णरुपले आत्मीय सहयोग प्राप्त भएको भन्दै संस्थाका अध्यक्ष कृष्ण पुनबाट धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रम बिसर्जन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री