उत्तर कोरियासँगको विकल्प ‘सैनिक समाधान’ – ट्रम्प

ट्रम्प

वासिङ्टन (अमेरिका), २७ साउन । उत्तर कोरियासँगको विकल्प ‘तयारी अवस्थामा वन्द’ रहेको हतियार भएको शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

ट्रम्पले उत्तर कोरियाको हतियार दम्भप्रति इङगित गर्दै र उत्तर कोरिया बुद्धिमान् भएर प्रस्तुत नभए यसको समाधान ठाउँमा पूर्णतया ‘बन्द तर तयारी’ अवस्थामा रहेको बताउनुहुदै नेता किम जोङ उनले युद्धको नभै अर्को बाटो लिने विश्वास आफ्नो ट्वीट सन्देशमा जनाउनुभएको छ ।

अमेरिकी राष्ट्रपतिको उत्तर कोरियाली आणविक तथा ब्यालेष्टिक क्षेप्यास्त्र कार्यक्रमका बिषयमा व्यक्त लडाईका शब्द र उत्तर कोरियाद्वारा निरन्तर गर्दै आएका हतियार परीक्षण दुवै काम गलत भएका भन्दै बेइजिङले रिसमा दिइएका अभिव्यक्तिलाई शान्त पार्न उनीहरूलाई आग्रह गरेको छ ।

एक दिन पहिले अमेरिकी राष्ट्रपति ट्रम्पले प्योङयाङविरुद्ध कडा चेतावनी दिँदै अमेरिकालाई तर्साउने प्रक्रिया जारी राखेमा उसले नराम्रो प्रतिफल पाउने चेतावनी दिनुभएको थियो । ट्रम्पले आफ्ना कुरा अझै कडा नभएको भन्दै थप कडा भएर प्रस्तुत हुने बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपतिले उत्तर कोरियालाई अमेरिकी माटोमामाथि आक्रमण गर्नुपूर्र्व ‘धेरै धेरै संवेदनशील’ भएर सोच्न आग्रह गर्नुभएको थियो । उत्तर कोरियामाथि थप आर्थिक प्रतिवन्द लगाउने अमेरिकी प्रस्ताव संयुक्त राष्ट्रसङ्घबाट पासभएपछि र राष्ट्रसङ्घले आर्थिक प्रतिवन्धलाई कडा पारेपछि थप रुष्ट देखिएको छ ।

यही बर्षको जुलाईमा उत्तर कोरियाले लगातार दुई अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि प्योङयाङ र अमेरिकाबीच तनाव चुलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री