एनआरएनए यूकेका उम्मेदवारसंग साक्षात्कार गरिंदै

लन्डन । एक्सप्रेस स्टुडियोले अगामी साता एनआरएनए यूकेका उम्मेदवारहरुसंग साक्षात्कार गर्ने भएको छ । १८ अगस्ट साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेन्टमा बेलुकी ६ देखि ८ बजेसम्म साक्षात्कार कार्यक्रम गरिने स्टुडियोका 
सञ्चालक बीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

आगामी सेप्टेम्बर ९ मा हुन लागेको एनआरएनए यूकेको अधिवेशन नजिकिंदै गर्दा उमेदवारी घोषणा गर्ने 
पदाधिकारी र एनआरएनए यूकेमा आवद्ध व्यक्तिहरुबीच साक्षात्कार हुनेछ ।

कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत अन्य उमेद्वारहरुको एजेन्डा प्रस्तुत गराइ उपस्थित व्यक्तिहरुमाझ 
प्रश्नोत्तर चलाइने छ ।

साक्षात्कारको सहजीकरण र सञ्चालन भने पत्रकारहरु नवीन पोखरेल, नरेश काङमाङ राई र चिरन शर्माले गर्नेछन् । साक्षात्कार कार्यक्रमको बेलायत र नेपालका समाचार पोर्टल र समाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।

हालसम्म अध्यक्षमा हिराधन राई, कृष्ण तिमल्सेना, योग फगामीले उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यसै गरि उपाध्यक्षका लागि सुशिला राई, ललित न्यौपाने, दिपक श्रेष्ठ, शेर सुनार, दयानिधि सापकोटा, पार्वती गुरुङ, डा.प्रेम आले र पुनम गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

महासचिवमा खुशी लिम्बु, कर्मा पहाडी शेर्पा, अर्जुन कटुवालले उम्मेदवारी दिने घोषणा गरेका छन् भने कोषाध्यक्षमा सचिन श्रेष्ठ र शालिक सापकोटा आकांक्षी छन् । उपमहासचिवमा कृष्ण तिवारी र सचिवमा नारायण गाउंले पनि आकांक्षी छन् ।

त्यसैगरी महिला संयोजकमा लिला सेलिङ माबो र युवा संयोजकमा बीरेन्द्र श्रेष्ठ, राजन खकुरेल, सन्तोष गुरुङ र कुमार थापाले उम्मदेवारी दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री