एनआरएनए यूकेको सदस्यता अपडेट हेर्न आफैंले लग-इन गर्न सकिने

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको सातौं राष्ट्रिय अधिवेशन नजिकिइरहेका बेला संघले सदस्यता अपडेट सबैले हेर्न मिल्ने व्यवस्था गरेको छ । संघले लग इन विवरणसहित सदस्यता सम्वन्धमा भइरहेको अपडेट हेर्न सकिने व्यवस्था गरेको हो ।

नयां सदस्यहरुले आफ्नो सदस्यताबारे चासो तथा जिज्ञासा व्यक्त गर्ने क्रम बढेपछि आफैंले लग इन गरेर हेर्न मिल्ने व्यवस्था मिलाइएको अध्यक्ष मुछेत्र गुरुङले जनाए ।

संघको सेप्टेम्बर ९, २०१७ का दिन हुने अधिवेशनका लागि यही अगष्ट १४ सम्म सदस्यताको समयसीमा तोकिएको छ । सदस्यता लिने म्याद नजिक आउंदै गर्दा संघलाई सदस्यता प्रक्रिया सुचारु गर्न भ्याइ नभ्याइ छ । ९ सेप्टेम्बरका दिन बिहान ८ देखि अपरान्ह ३ बजेसम्म इंग्ल्याण्डका विभिन्न बुथमा मतदान हुनेछ ।

सो अधिवेशनले आगामी २०१७ -१९ को लागि नयां कार्यकारिणी समिति निर्वाचित गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री