बिहीबार, मंसिर २८ २०७४ | Thu, December 14, 2017
नेपालको समय: ०४:२२ | UK Time: 22:37

तमु समाज केन्ट युकेकाे ग्रीष्मकालीन भेटघाट

विनेपाली
२०७४ साउन २८ गते २३:१७

लन्डन । तमु समाज केन्ट यूकेले वार्षिक समर भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बलराम गुरुङको संयोजन साथै प्रथम र द्वितीय उपाध्यक्षहरु क्रमशः सूर्यबहादुर गुरुङ र कमला गुरुङको सह-संयोजनमा आसफोर्डस्थित ग्रेट चार्ट पार्कमा कार्यक्रम भएको हो ।

मौसमले साथ नदिए पनि कार्यक्रमको सोभा बढाउन र थप आकर्षक बनाउनको लागी कार्य समितिको सक्रियतामा विविध रमाइला खेल र नाचगान समावेश गरिएको थियो । समितिकी सक्रिय सदस्य प्रेमकुमारी गुरुङ र मधु घले गुरुङको संयोजकत्वमा ‘राफल ड्र’ समेत गरिएको थियो । राफल ड्रमा प्रथम पुरस्कार आधा तोला सुन र अन्य आकर्षक पुरस्कार रहेको थियो । राफल ड्रका पुरस्कार विभिन्न ब्यक्तिले प्रायोजन गरेका थिए ।

कार्यक्रम सहज हुनेगरी जिम्मेवारी बाँडफाँड गरिएको थियो । जसअनुसार कार्यक्रम सन्चालक डेस्कमा महासचिव गोलमान गुरुङ र सचिव शेखर गुरुङ, टिकट बिक्रीमा कोषाध्यक्ष तारामणि गुरुङ र सहकोषाध्यक्ष कुमार गुरुङ, खाना तथा बीबीक्यूमा प्रेमकुमार गुरुङ, मनोरञ्जनमा सुमित्रा गुरुङ र पवित्र गुरुङ, चम्चा दौडमा प्रेमकुमारी गुरुङ र मधु घले गुरुङ, छेलो प्रतियोगितामा होम गुरुङ, थप सहयोगमा बल बीर गुरुङ, लोक गुरुङ, शोभाराज गुरुङ, दुध गुरुङ, नर गुरुङ, नारायण गुरुङ, शरिक गुरुङ, सोनाम गुरुङ साथै सम्पूर्ण कार्यसमिति खटिएको थियो ।

कार्यक्रममा नयाँ आजीवन सदस्यहरुलाई सदस्यता वितरण गरि खादाले स्वागत गरिएको थियो । साना साना बालबच्चाको लागि निशुल्क बाउन्सी क्यासल र खाना व्यवस्था गरिएको थियो ।

उक्त कार्यक्रममा भूपू अध्यक्ष शोभ राज गुरुङले गीत गाएर सबैलाई मन्त्रमुक्त बनाएका थिए । कार्यक्रमको अन्तमा सबैले नाचगान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक