गोर्खा विधवाकी ५० वर्षीया छोरीले जितिन् मुद्दा

 


लन्डन । भूपू गोर्खाका सन्तानले बेलायतको आवासीय अधिकार मुद्दा जित्ने क्रम बढेको छ । गत सातामात्र विधवा धन्पु पुनकी ५० वर्षीया छोरी तारादेवी पुनले कोर्टबाट अपिल जितेकी छन् । एभरेष्ट ल सोलिसिटर्स फर्मले मुद्दा लडेको थियो ।

मानवअधिकार र ऐतिहासिक अन्यायको धरातलमा टेकेर मुद्दाको नतिजा सकारात्मक आएको सोलिसिटर राजु थापाले जनाए । थापाले ५० वर्षका सन्तानले समेत मुद्दा जितेको यो पहिलो रेकर्ड भएको उल्लेख गरे । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका सह संयोजक सूर्य नेम्वांगले गोर्खा सन्तानका मुद्दा क्रमशः जित्दै जानु सकारात्मक र सुःखद पक्ष भएको बताए ।

एभरेष्ट ल सोलिसिटर्स फर्मबाटै यसअघि ४६ वर्षीया एक छोरीले मुद्दा जितेकी थिइन् ।

हाल बेलायत रहेकी तारादेवीकी बहिनी जुग्जाली मगरले जितमा खुशी व्यक्त 
गर्दै आफूहरु पारिवारिक पुनर्मिलनको प्रतिक्षामा रहेको बताइन् । उनले केस जिताइदिने एभरेष्ट ल सोलिसिटर्स फर्मप्रति आभार समेत व्यक्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री