एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समिति गठन 

लण्डन । एनआरएनएको विश्व सम्मेलनको अवसरमा यही अक्टोबर महिनामा प्रदान गरिने एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१७ को लागि छनौट समिति गठन गरिएको छ ।
पुरस्कारका लागि गठित कार्यदलको हालै लण्डनमा बसेको बैठकले नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टको संयोजकत्वमा तीन सदस्सीय छनौट समिति गठन गरेको हो ।
समितिले छिट्टै पुरस्कारका लागि सञ्चारमाध्यम र महासंघको सञ्जालमार्फत सार्वजनिक सूचना जारी गर्ने बताइएको छ ।
एनआरएनए युके र नेपाल पत्रकार महासंघ युके शाखाको संयुक्त पहलमा स्थापित सो पुरस्कार हरेक दुई वर्षमा आयोजना हुने एनआरएन विश्व सम्मेलनका अवसरमा प्रदान गर्ने गरिन्छ ।
नेपालभित्र र प्रवासबाट एनआरएन अभियानसम्बन्धमा कलम चलाउने पत्रकारहरुलाई प्रदान गरिने सो पुरस्कारको राशी १ लाख १ हजार रुपियाँ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री