बेक्स्ली नेपाली समाजले मनायो तीज


लन्डन । बेक्स्ली नेपाली समाजले अगस्ट १३ तरिखका दिन तीज कार्यक्रम आयोजना गरेको छ । अप्नी हवेली रेस्टुरेन्ट हलमा आयोजना गरिएको कार्यक्रममा बेक्स्ली बरो र वरपर बस्ने नेपाली महिलाको सहभागिता थियो ।

तीन चरणमा सञ्चालन गरिएको सो कार्यक्रम बेलुका ४ देखि ११ बजे सम्म चलेको थियो । पहिलो चरणमा डिजे गोपी गुरुङले प्रस्तुत गरेको सुमधुर तीज गीतमा दिदी बहिनी धित मरुन्जेल नाचे ।

दोस्रो चरणमा संक्षिप्त औपचारिक कार्यक्रम थियो । बेक्स्ली नेपाली समाजका अध्यक्ष केशबहादुर गुरुङ र संस्थाकी महिला संयोजक तथा तीज कार्यक्रम संयोजक श्रीमती उमा गुरुङले पानस बत्ती बालेर संयुक्त रुपमा औपचारिक कार्यक्रम उद्घाटन गरेका थिए । त्यसपछि स्वागत भाषण गर्दै संस्थाकी निर्देशक श्रीमती माया गुरुङले कार्यक्रमले नेपाली संस्कृति जगेर्ना र दिदी बहिनीबीच घनिष्ट सम्वन्ध बढेको बताइन् ।

त्यसैगरि अध्यक्ष केश बहादुर गुरुङले कार्यक्रम सफल पार्न सहयोग गर्ने स्पोन्सर, संयोजक उमा गुरुङ, मिडियाकर्मी गुणदेव घिमिरे, सेल रोटी पकाएर ल्याउने श्याम गुरुङ, टिकेट ब्यवस्थापन गर्ने कोषाध्यक्ष चन्द्रबीर गुरुङ र कार्यक्रम सफल पार्ने सबैलाई धन्यवाद दिए ।महासचिव आनन्द धरेलले हरितालिका तीजको शुभकामना दिंदै औपचारिक कार्यक्रम समापन गरेका थिए । औपचारिक कार्यक्रम सञ्चालन हरिश ज्ञवालीले सञ्चालन गरेका थिए ।

तेश्रो चरणको कार्यक्रममा खाना र नाच प्रस्तुत भएको थियो जसको नेतृत्व समाजका उमा गुरुङ, बिन्दु गुरुङ, सुष्मा ढंगाना, विमला शर्मा, बिजिता गौतम, विजन गुरुङ, आराधना ज्ञवाली, राधा सापकोटा, शान्ति थापा, पार्वती अधिकारी र देवी बास्तोलाले गरेका थिए । महिलाको नाचमा पुरुषको टोलीले पनि साथ दिएको थियो । पुरुष टोलीको नेतृत्व शिव राम गुरुङ, विजय गुरुङ, पञ्च मान गुरुङ, हरिश ज्ञवाली र शरण आचार्य लगायतले गरेका थिए ।

कार्यक्रममा श्रीमती बिजिता गौतम र आनन्द धरेलले राफल ड्र सञ्चालन गरेका थिए भने आठ जना विजेतालाई स्पोन्सरकै हातबाट पुरस्कार प्रदान गरियो । उक्त कार्यक्रममा समाजका सदस्य कमल गुरुङ, गणेश बास्तोला, गोविन्द गुरुङ लगायत नेपालबाट आएका आमाहरुको पनि सक्रिय सहभागिता थियो । अन्तमा आयोजकको तर्फबाट सहभागी सम्पूर्ण दिदीबहिनीलाई उपहार प्रदान गरि कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री