बिहीबार, मंसिर ७ २०७४ | Thu, November 23, 2017
नेपालको समय: १३:१० | UK Time: 07:25

वंशाणुगत रोगको रोकथाममा नयाँ आविष्कार 

विनेपाली
२०७४ साउन ३२ गते १०:२८

आचार्य

बैज्ञानिकहरुले पहिलोचोटी खराब डीएनएबाट भ्रुणहरु (एम्ब्रियो) सफलतापूर्वक अलग गरेका छन्, जुन भ्रुणहरुले वंशाणुगत रुपमा रगतको नाता भएको व्यक्तिमा सरि खतरनाक मुटुरोगको कारक बन्दछ । यसले पुस्तौ देखि सर्ने करिब दसहजार डीएनएको बिकृतिहरु रोकथाम गर्न सम्भावनाको ढोका खोलेको छ । यस्तो आविस्कारको अरु विकासले वंशाणुगत रुपबाट सर्ने रोगहरु साइटिक फाइब्रोसिस देखि स्तन क्यान्सरको कारक हुने खराब डीएनएलाई हटाउन सक्नेछ ।

अमेरिका तथा दक्षिण कोरियाका बैज्ञानिकहरुले पांच दिनसम्म भ्रुणहरुलाई बिकास गर्न दिएका थिए । यी बैज्ञानिकहरुले मुटु रोग अन्तर्गतका हाइपरट्रॉफिक कार्डियोमायोपेथी रोगलाई केन्द्रित गरेका थिए । यस किसिमको मुटुको रोग पाँच सय जनामा एक जनालाई हुने गरेको तथ्यांक छ । यस किसिमको रोगमा मुटुको धड्कन अकस्मात बन्द हुने गर्छ । कुनै व्यक्तिलाई  मेडिकल भाषामा भनिने अकास्मात कार्डियाक यारेष्ट हुने भनेको पनि हाइपरट्रॉफिक कार्डियोमायोपेथी अन्तर्गत हो । यसको ज्वलन्त उदारहण बेलायतमा फुटबल खेलिरहेका मुआम्बा भन्ने खेलाडीलाई अकास्मात कार्डियाक यारेष्ट भएको थियो । यसमा मुटुको विद्युतीय गतिविधि यति अस्तव्यस्त हुन्छ कि मुटुले पम्प गर्न छोड्दछ र यसको सट्टामा काम्ने गर्छ । यदि व्यक्तिलाई कार्डियाक यारेष्ट भएको छ भने उसले होस करिव एकैमा गुमाउँदछ । बाँचेको जस्तो कुनै लक्षण देखिंदैन । यो चाहि अत्यन्त जरुरी इमर्जेन्सीको अवस्था हो । कसैले सिपिआर (फोक्सोलाई फुलाउन मुखबाट मुखमा श्वास दिने) तीन / चार मिनेटभित्र नगरेमा, उक्त व्यक्तिको दिमाग र अरू अंगहरू सदाको लागि नोक्सान हुन्छ ।

यस अध्ययनले भविष्यको मेडिकल क्षेत्रको बाटोको साथै नैतिक रुपले कुन ठिक भन्ने प्रश्न पनि उब्जाएको छ । सन् २०१५ मा क्रिस्पर भन्ने नयाँ डीएनए प्रबिधिको विकासले विज्ञानको स्वर्ण युगको शुरुवात भएको छ ।

यसको मुख्य कारण एक्लो डीएनए द्वारा निर्देशित एक्लो जिनको खराबीले हुने गर्छ । जो संग यस्तो जिन रहेको छ, उसको बच्चाहरुमा वंशाणुगत रुपबाट सर्ने सम्भावना पचास प्रतिशत हुन्छ । पुरुषको हाइपरट्रॉफिक कार्डियोमायोपेथी भएको शुक्रकिट स्वस्थ्यकर दान दिइएको अन्डाकोषमा क्रिस्पर प्रबिधि द्वारा खराब जिनाइ सच्याइएको थियो । सबै यस्तोमा काम नगरेपनि ७२ प्रतिशत रोग लाग्नेको कारक बन्ने खराब भ्रूणहरुलाइ निकाल्न सफल भएको थियो । यी सबै अनुसन्धानको विवरण जर्नल नेचरमा प्रकाशित भएको छ । यस अनुसन्धानले उपचारमा नयाँ क्षितिज खोले पनि यसको प्रयोग वंशाणुगत रोग हुने ब्यक्तिमा  हुने  रोगको रोकथाम गर्ने गरि बिकास गर्न भने समय लाग्ने छ ।

वंशाणुगत मात्र नभई मुटुरोग अन्य धेरै जोखिमका तत्वहरु छन्, तिनको पहिचान गरि उपयुक्त आफ्नो जीवनशैली अबलम्बन गर्नुपर्छ । तल भनिएका निम्न कुराहरुमा ध्यान पुर्याउनु समयमा नै आबश्यक हुन्छ ।

मोटोपन हटाऔ, क्रियाशील बनौ : स्वस्थ्यकर वजन राख्नाले  रक्तचाप कम हुने र मुटुलाई कम काम गर्ने बनाउदछ, यसले कोलेस्ट्रोल घटाउदछ र  मधुमेहको विकास हुने जोखिमलाई कम गराउंदछ । आफ्नो उचाई अनुरुपको वजन हुनुपर्दछ । शारीरिक निस्कृयता मुटुरोग लाग्ने प्रमुख जोखिम हो र  टाइप-२ मधुमेहको विकास हुने पनि प्रमुख कारण हो । तपाईंलाई मधुमेह भइसकेको छ भने शारीरिक क्रियाशीलताले तपाईंले खाने औषधीको परिमाणलाई कम गर्न मद्दत गर्दछ । क्रियाशील हुँदा विस्तारै रफ्तार बढाएर लैजानु पर्दछ र हप्ताको घटीमा पाँच दिन आधी घण्टाको ठिक्कको व्यायाम गर्नुपर्दछ ।

थोरै खाऔ तर राम्रोसँग खाऔ: एकै समयमा छाक नछुटाई स्वस्थ्यकर खानु महत्वपूर्ण कुरा हो । कस्तो र कति खाने भन्नेकुराको जानकारी हुन सवैलाई आवश्यक छ । राम्रो खानाले वर्तमान र भविष्यको स्वास्थ्यमा ठूलो असर पार्दछ । यसले आत्मघाती मुटुरोग र  क्यान्सर जस्ता रोगहरूको जोखिमबाट बचाउन सक्छ । फलफूल र सब्जी र स्वास्थ्यकर खानपिनले मधुमेहको जोखिमलाई कम गर्दछ । दिनको घटीमा ५ पोर्सन विभिन्न किसिमका फलफूल र सब्जी खानुपर्दछ ।

धूमपान छोडौं :  धूमपानले विभिन्न किसिमका क्यान्सर, श्वासप्रश्वास, उच्च रक्तचाप र मुटुको रोगलाई निम्त्याउछ । धुम्रपान त्याग्नु नै स्वास्थ सुधार्नु हो । यसको लागि आफ्नो इच्छा शक्ति महत्वपूर्ण कुरा हो ।

कोलेस्ट्रल र ट्राइग्लिसराइड लेबल नियन्त्रण गरौं: स्वस्थ्यकर खाना, त्यसमा पनि जनावरबाट पाइने चिल्लो कम खानुपर्दछ । मधुमेह भएकोको मान्छेलाई कोलेस्ट्रोल र ट्राइग्लिसराइड लेबल बढी हुने गर्दछ । त्यसैले समयमा रगत जाँच गराइ आफ्नो कोलेस्ट्रोल र ट्राइग्लिसराइडको नम्बर थाह पाइरहनु पर्दछ र त्यहि अनुरुप जीबनशैली बदल्नु पर्दछ ।

उच्च रक्तचाप नियन्त्रण गरौ: उच्च रक्तचापले हृदयघात र स्ट्रोक हुने जोखिम बढाउँदछ र यसले गर्दा मुटुका मांसपेशी क्षति हुन्छ । त्यसकारण समयमा उच्च रक्तचापलाई नियन्त्रण गर्नुपर्दछ ।

चिन्ता कम गरौं:  चिन्ता अहिले संसारमा मान्छेको स्वास्थ्यमा जोखिम बढाउने प्रमुख कारण हो । चिन्ताबाट न समस्याको हल प्राप्त हुन्छ न छुट्कारा नै । चिन्ताले गलत क्रियाकलापलाई पनि उक्साहित गर्न सक्छ । जस्तै तनाब भयो भनि धुम्रपान गर्नु, बोर लाग्यो भनि रक्सी  पिउनु, अल्छी लाग्यो भनेर बढी सुत्नु आदिले पनि मधुमेह बढाउन महत्वपूर्ण सहयोग गर्छ । आराम गर्ने विभिन्न तरिका सिकेर चिन्तालाई टाढा राख्न सकिन्छ ।

मधुमेहको नियन्त्रण गरौ: मधुमेहले कोरोनरी मुटुरोग लाग्ने जोखिम प्रबल रूपले बढाउँछ । यदि तपाईं पुरुष हुनुहुन्छ र मधुमेह  छ भने मधुमेह  नभएको मानिसभन्दा तपाईंलाई करिब ४ गुना बढी मुटुरोग लाग्ने सम्भावना बढ्छ । मधुमेहले कोलेस्ट्रोल लेभल बढाउने र उच्च रक्तचाप हुने आदि अरू जोखिमका तत्वहरूलाई बढाउन सक्छ ।

मदिरा सेवन कम गरौ:  मदिरामा बढी क्यालोरी हुने भएकाले यसको सेवन निकै कम गर्नुपर्छ ।

खाना र जीवनशैलीले मुटुरोगबाट बच्न महत्त्वपूर्ण भूमिका खेल्दछ तर कोही मानिसहरूलाई माथि भनिएका क्रियाकलाप गर्दागर्दै पनि पर्याप्त नहुन सक्छ । अरू खाना र जीवनशैली परिवर्तन गर्नाको साथ साथै डाक्टरको सल्लाह लिनु पर्दछ । एउटा सानो जीबनशैली परिबर्तनले भविष्यमा मुटुरोगबाट बच्न या साबधान हुन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

आफ्नो परिवारमा पुरुषलाई ५५ वर्ष भन्दा पहिला र महिलामा ६५ वर्ष भन्दा पहिले हृदयाघात या एन्जाइना भएमा तपाइलाई पनि रक्त नलीमा चिल्लो जाम हुने क्रमको (आर्थोलोसेर्लेसिस) विकास हुने सम्भावना हुन सक्दछ । यसबारेमा समयमा ध्यान पुर्याउनु पर्दछ । आफ्नो परिवारमा कार्डियोभास्कुलर रोग (ह्र्दयाघात, एन्जाइना तथा स्ट्रोक) को इतिहास भएको व्यक्तिले कम उमेर देखि नै अरु सतर्कता अपनाउनु पर्दछ ।

(आचार्य ‘कोरोनरी मुटुरोग’ पुस्तकका लेखक तथा ब्रिटिस मेडिकल जर्नालिष्ट एशोसियसन सदस्य हुन् )

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक