अमेरिकाबाट सगुन टिम बेलायत आउंदै, दोश्रो चरणको लगानी खुला गर्ने तयारी

लन्डन । नेपालीहरुको लगानीमा सञ्चालित ग्लोवल सोसल मिडिया कम्पनी ‘सगुन डटकम’ का संस्थापकसहित केही 
प्रवर्धक अमेरिका र क्यानाडाबाट बेलायत आउने भएका 
छन् । ग्लोवल लञ्चिङ कार्यक्रमका लागि सगुन डटकमका 
संस्थापक तथा सिइओ गोविन्द गिरी नेतृत्वको चार सदस्यीय टिम बेलायत आउने भएको हो ।

उनीहरु यूके आएलगत्तै शुक्रबार (अगस्ट १८ तारिख) सांझ बेलायतको आसफोर्डमा एक विशेष समारोहबीच सगुनले दोश्रो चरणमा लगानीको अवसर खुला गर्दैछ ।

विश्वभरका नेपालीलाई लगानी गर्न प्रेरित गरिरहेको सगुनले पहिलो चरणमा झण्डै ३५ सय नेपाली लगानीकर्ताले ३ दशमलव १६ मिलियन डलरको लगानी प्रतिवद्धता जाहेर गरिसकेको जनाएको छ । ८ हजार लगानीकर्ता पुरयाएर विश्वकै सबैभन्दा ठूलो ‘कम्युनिटी बेस्ड कम्पनी’ 
बन्ने लक्ष्य सगुनको छ ।

यूएसए टिमको सहभागितामा बेलायतका विभिन्न शहरमा सेमिनार समेत तय गरिएको छ । सेमिनारमा सगुनका संस्थापक तथा प्रवर्धकहरुले प्रिजेन्टेसनमार्फत सगुन डटकमको उद्देश्य, व्यवसायिक योजना, लगानी गर्दा हुने प्रतिफल आदिबारे अवगत गराउने सगुन डटकमका युरोप कोअर्डिनेटर सन्तोष घिमिरे र यूके कोअर्डिनेटर युवराज सेढाईंले जानकारी दिए ।

सगुन टिमसंग १९ अगष्ट शनिबार लन्डन अल्पर्टन र भेन्यू फाइभ रेष्टुरेन्ट, आइतबार २० अगस्टमा उलवीच, सोमबार २१ अगष्टमा अल्डरसट र अन्तिम दिन मंगलबार २२ अगष्टका दिन रेडिङ, बर्कसायर र लेस्टरमा बेग्ला बेग्लै सेमिनार गरिने छ ।

सगुन डटकमले बेलायतवासी इच्छुक लगानीकर्ता, व्यवसायी तथा नेपालीलाई ति सेमिनारमा सहभागिताका लागि आव्हान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री