धनपति प्रिमियरका लागि लन्डन आइपुगे निर्देशक/निर्माता

लन्डन । धेरै आशा गरिएको नेपाली फिल्म ‘धनपति’ को यूके प्रिमियरका लागि निर्देशक, निर्माता एवं लेखक कलाकार लन्डन उत्रिएका छन् । निर्देशक दीपेन्द्र के खनाल, निर्माता रोजिना सिटौला र लेखक एवं मुख्य कलाकार खगेन्द्र लामिछाने बिहीबार बिहान लन्डन उत्रिएका हुन् । लन्डन उत्रिएका कलाकारहरुलाई ३२ बक्स लिमिटेडका प्रशान्त थापा लगायतले स्वागत गरेका थिए । ३२ बक्स लिमिटेडले जि ९ को सहकार्यमा बेलायतका विभिन्न शहरमा ‘धनपति’ प्रदर्शन गर्न लागेको हो ।

थापाले १८ अगष्ट शुक्रबार सांझ ६ बजे एम्पायर हल अल्डरसट र २० अगष्ट आइतबार लन्डनस्थित सफारी सिनेमा हलमा प्रिमियर शो गरिने जानकारी दिए । सफल चलचित्र ‘पशुपति प्रसाद’ निर्माण टिमले नै ‘धनपति’ बनाएको हो । फिल्म प्रदर्शनमा आएर नेपाली चलचित्र र कलाकारलाई माया गरिदिन आयोजकले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री