साइकल च्यारिटी राइड गर्दै नया युवा समूह


लन्डन । रसमोर बरो क्षेत्र प्रतिनिधित्व गर्ने नेपाली युवाहरुको समूह ‘नया युवा’ ले यस वर्ष पनि रसमोर साइकल फोरमको सहकार्यमा साइकल च्यारिटी राइड गर्ने भएको छ । नव युवाले विगत सात वर्षदेखि यस्तो च्यारिटीमा सहभागिता जनाउंदै आएको छ ।

मेयर च्यारिटीहरु (अल्जाइमर क्याफे, क्रियटिङ फ्यूचर र पार्क-साइड (अल्डरसट एण्ड डिष्ट्रिक्ट लर्निङ डिसएबिलिटीज्) मा सघाउन नया युवाले साइकल राइड गर्न लागेको हो ।

३ सेप्टेम्बर बिहान ९. ३० मा रसमोर कम्युनिटी सेन्टरबाट शुरु हुनेछ साइकल यात्रा । त्यसै दिन बिहान साढे ८ बजे रजिष्ट्रेशन गर्न सकिनेछ । साइकल यात्रीले १३ चेक प्वाइन्टमध्ये जतिसक्दो पार गरे पुरस्कार समेत जित्न सक्नेछन् । राफल ड्र समेत राखिएको छ ।

ग्रेटर रसमोर नेपलिज कम्युनिटीका अध्यक्ष जीव बेल्वासेले साइकल च्यारिटीमा भाग लिएर सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन् ।

नया युवाले नेपाली युवा लक्षित विभिन्न उपयोगी कार्यक्रम जस्तै लागू औषध सेवन लत 
हटाउन पहल, स्थानीय समुदायसंग समायोजन र च्यारिटी कार्य गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री