टेक्सास गोलीकाण्डमा आठको मृत्यु

हाउस्टन, २६ भदौ । अमेरिकी राज्य टेक्सासको उत्तरी भागमा रहेको एक घरमा भएको गोली प्रहारमा संदिग्घ एकजना अपराधीसहित आठ व्यक्तिको मृत्यु भएको समाचार छ ।

हाउस्टनबाट ४१० किलोमिटर उत्तरमा पर्ने महानगर क्षेत्रमा रहेको एक घरमा रहेका सात जनाको ज्यान गएको छ । साथै सोही घरमा अर्का एकजना संदिग्ध पनि मारिएका छन् ।

तिनै व्यक्तिले गोली प्रहार गर्न सुरु गरेको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले जनाएको छ । सो गोलीकाण्ड किन र कसले गरेको थियो भन्ने बारेमा केही खुलाइएको छैन ।

गोली प्रहारबाट एक घरमा रहेका नौजना व्यक्ति परेका थिए । ती मध्ये सात जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एकजनाको अस्पताल पुरयाएपछि मृत्यु भएको थियो ।

उक्त गोलीकाण्डमा परी अर्का एकजना घाइते छन् । यस घटानमा मारिएका सबैजना युवा युवती रहेका बताइएको छ । तर उनीहरुको पहिचान भने प्रहरीले खोलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री