मातृशिशु स्याहार केन्द्र बनाउन च्यारिटी गरिने


लन्डन । अर्घाखांची समाज बेलायतले अर्घाखांचीस्थित मालारानी गाउंपालिकामा मातृशिशु स्याहार केन्द्र स्थापनाका लागि च्यारिटी गर्ने भएको छ ।

समाजको पहिलो बैठकले वार्षिक कार्यक्रम सार्वजनिक गर्दै च्यारिटीलाई प्राथमिकतामा राखेको हो । सो च्यारिटीका लागि बि पी खनालको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ । बैठकले समर भेटघाट, दशैंका बेला पारेर अर्घाखांचीका बाढीपीडितलाई सहयोग समेत प्रदान गर्ने निर्णय गरेको सचिव तुङभद्र भुसालले बताए । उनका अनुसार बैठकले आफ्नो विधान पनि पारित गरेको छ ।
उक्त समाज केही महिनाअघिमात्र गठन भएको थियो ।

बैठकले गैरआवासीय नेपाली संघ बेलायतको शनिबार सम्पन्न अधिवेशनमार्फत निर्वाचित अध्यक्ष योगकुमार फगामीलगायत सम्पूर्ण कार्यसमितिलाई वधाई तथा 
सफल कार्यकालका लागि शुभकामना समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री