सोमबार, मंसिर ४ २०७४ | Mon, November 20, 2017
नेपालको समय: ०७:५१ | UK Time: 02:06

नेपाल इन्जिनियर्स एसाेसिएसनका अध्यक्ष र महासचिव युके अाउँदै

विनेपाली
२०७४ भदौ २७ गते २१:५४

लण्डन । नेपाल इन्जिनियर्स एसोसिएसन युके च्याप्टरको उद्घाट्नका लागि नेपाल इन्जिनियर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष र महासचिव युके आउने भएका छन् ।

च्याप्टरको यही आइतबार लण्डनमा उद्घाटन गर्ने कार्यक्रम छ । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले उद्घाटन गर्ने सो कार्यक्रममा नेपालबाट एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठ र महासचिव उमेशप्रसाद थानी बेलायत आउने युके च्याप्टरका अध्यक्ष इन्जिनियर तेजेन्द्र रोकाले जानकारी दिए ।

सो कार्यक्रममा युकेका युवा इन्जिनियर र परिवारको उल्लेख्य उपस्थिति रहने अाशा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक