सोमबार, असोज ९ २०७४ | Mon, September 25, 2017
नेपालको समय: २२:२६ | UK Time: 17:41

सुमार्गीको पुस्तक विमोचन आज, पैसाका अगाडि सबै नतमस्तक

वीनेपाली
प्रकाशित मिति:२०७४ भदौ २८ गते ११:१७

तस्विरः बीरेन्द्र श्रेष्ठ

लन्डन । विवादास्पद व्यापारी अजेय सुमार्गीको पूर्व विमोचित पुस्तक ‘अजेयराज सुमार्गी’ को यूके विमोचनका लागि नेपालबाटै नेता झिकाइएको छ । आज सांझ अल्डरसटस्थित एम्पायर हलमा विमोचन कार्यक्रम छ ।

श्रोत नखुलेको पैसा विदेशवाट नेपाल ल्याएर ‘विवादित’ छवि बनाएका सुमार्गीले एमाले, माओवादी र भारतीय जनता पार्टीका केही नेतालाई लन्डनमा उतारेका हुन् ।

एमाले युवा नेता कर्णबहादुर थापा, माओवादी नेता राम ना. विडारी र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोली कार्यक्रममा सहभागी हुने भएका छन् ।

श्रोत नखुलेको अर्बौं रुपैयां विदेशबाट नेपाल भित्रयाउन खोजिरहेका सुमार्गीले एमाले अध्यक्ष केपी ओली निकट युवा नेता थापा, कांग्रेस नेतृ देउवा, माओवादी केन्द्रका विडारीलाई लन्डन उतारेका छन् । थाहा सञ्चार गृह 
सञ्चालन गरि रहेका सुमार्गीको माओवादी केन्द्र अध्यक्ष प्रचण्डसंग विशेष सम्बन्ध छ ।

पैसाकै बलमा सबै पार्टीमा प्रभाव पार्न सफल भएका सुमार्गीले वैचारिक रुपमा छुट्टा छुट्टै कित्तामा उभिएका दलहरुका मुख्य नेता निकटलाई बेलायत बोलाएका छन् । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारमा संलग्न भएको पुष्टी भएपछि थापालाई मन्त्रीबाट पदमुक्त गरेका थिए ।

त्यस्तै माओवादी केन्द्रका विडारीले पूर्व प्रधान न्यायाधिस सुशिला कार्की र प्रचण्डबीच विचौलिएको काम गरी पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्कीको मुद्दा रोक्न खोजेको पुष्टि भइसकेको छ । उक्त कुरा कार्कीले सार्वजनिक रुपमै बोलेकी छन् ।

माओवादीका नेता तथा लक्ष्मी प्रतिष्ठानका युरोप कोअर्डिनेटर सुरेन्द्र श्रेष्ठले कार्यक्रममा एमाले नेता थापा,  माओवादी केन्द्रका विडारी लगायत सहभागी रहने जानकारी वीनेपाली डटकमलाई दिए ।

नेपालमा विमोचित भइसकेको उनको 
आफ्नै पुस्तक ‘अजेयराज सुमार्गी’ लाई बेलायतमा फेरी विमोचन गर्न लागिएको हो । कार्यक्रममा करिब पांच सय सहभागी गराउन लक्ष्मी प्रतिष्ठानका युरोप कोअर्डिनेटर लागि परेका छन् । ‘विवादित’ छवि भएका व्यापारीको निमन्त्रणा पत्रमा ‘लञ्चिङ सेरोमनी र डिनर’ रहेको उल्लेख छ ।

करिब डेढ महिना अघि परिवारसहित लन्डन आएका बेला सुमार्गीले पुस्तक विमोचनका लागि बेलायतस्थित नागरिक अगुवासंग सुझाव सल्लाह लिएका थिए ।

तपाईको प्रतिक्रिया




फेसबुक