भवन भट्टले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै

लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले नयां नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । भोलि शनिबार (१६ सेप्टेम्बर) बिहान भट्टले अध्यक्षको उम्मेदवारी घोषणा गर्ने भएका हुन् । बिहान ११ बजे होटल अन्नपूर्णमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ ।

भट्टले संघको केन्द्रिय कोषाध्यक्ष र दुई पटक उपाध्यक्ष भएर काम गरिसकेका छन् । दोहोरो नागरिकता मुद्दा, नेपालमा लगानी र पर्यटन भित्रयाउने तथा संस्था प्रभावकारी रुपमा सञ्चालन गर्ने मुद्दालाई भट्टले प्राथमिकतामा राख्दै आएका छन् ।

संघको आठौं विश्व सम्मेलन यही अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौंमा हुंदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री