क्याट्रिकमा शनिबार निशुल्क स्वास्थ्य शिविर हुँदै

फाइल फोटो

लन्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेले शनिबार क्याट्रिकमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

डक्टर्स एसोसिएसनकी निवर्तमान अध्यक्ष डा बीना थेबेले स्थानीय नेपाली समुदायलाई सो शिविरमा सहभागी हुन आह्वान गरेकी छिन् ।

निशुल्क शिविरमा उच्च रक्तचाप, मधुमेह र दन्त परीक्षण गरिने बताइएको छ  । यसैगरी जीपी र विशेषज्ञहरुसित निशुल्क परामर्श समेत लिन सकिने छ ।

शिविरमा नेपाली डक्टर, नर्स र डेन्टिष्टले निशुल्क परामर्श र परीक्षण गर्नेछन् । ब्रिटिश गोर्खाज नेपलिज कम्युनिटी क्याट्रिकसितको सहकार्यमा गर्न लागिएको सो शिविर क्याट्रिक लिजर सेन्टर DL9 3EL मा बिहान ११ देखि ४ बजेसम्म हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री